Monday, July 26, 2021
Homeभर्खरैविशेष अदालतमा १८ वर्षयताकै धेरै मुद्दा दर्ता

विशेष अदालतमा १८ वर्षयताकै धेरै मुद्दा दर्ता

,
sharethis

काठमाडौं । विशेष अदालतको १८ वर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस वर्ष मात्रै ४ सय ५० थान भ्रष्टाचारसँग सम्बन्धित मुद्दा दर्ता भएको बताएको छ । आर्थिक वर्ष २०७६÷७७ मा अहिलेसम्मकै सबैभन्दा धेरै मुद्दा दर्ता भएका हो ।

विशेषमा अहिले ८ सय ४३ थान मुद्दा रहेकोमा त्यसमध्ये ६ सय ६५ थान मुद्दा फछ्र्योट हुन बाँकी छ । २ वर्ष नाघेका मुद्दा ३१ र १८ महिना नाघेका मुद्दा ३९ थान छन् ।

१८ महिनाभित्रका ५ सय ९५ थान मुद्दा छन् । कोरोना भाइरस महामारीका कारण फागुन मसान्तसम्म फछ्र्योट गर्नुपर्ने मुद्दामध्ये १ सय ७८ वटा मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ । अदालतले फैसला गरेको सो मुद्दामा १ सय ३३ जनामा भ्रष्टाचार ठहर भएको छ भने २० थान मुद्दामा आंशिक ठहर भएको, २४ थान मुद्दामा सफाइ र एक थान मुद्दा खारेज भएको छ ।

विशेष अदालतको नियमावली अझै बनेन

भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्ने गरी २०५९ सालमा स्थापना भएको विशेष अदालतमा अझै पनि नियमावली नबनेको पाइएको छ । विशेष अदालत ऐन २०५९ को दफा २३ ले ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्ने व्यवस्था गरेको भए पनि हालसम्म नियमावली बन्न सकेको छैन ।

नियमावलीका साथै अदालत स्थापना हुँदा जुन जनशक्ति थियो, सोही जनशक्ति भएकाले विशेष अदालतले काम गर्न समस्या भइरहेको विशेष अदालतका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । अहिलेसम्म नियमावली नबनेपछि विशेष अदालतले कार्यविधिमा सरलीकरण, फैसला कार्यान्वयन संयन्त्रको स्थापना र कार्यविवरणको नियमावली तर्जुमाका लागि २१ असार २०७७ मा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्राचार गरेको जनाएको छ । हाल मुद्दा फछ्र्योटमा समस्या आवश्यक जनशक्ति नभएर भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

४० करोड ५६ लाख धरौटी संकलन

यस्तै, विशेषले ४० करोड ५६ लाख १८ हजार ७३ रुपैयाँ धरौटीबाट राजस्व संकलन गरेको छ । यो आर्थिक वर्षमा मात्र १४ करोड २६ लाख ४३ हजार ९२ रुपैयाँ धरौटी जम्मा गरेको विशेषले जनाएको छ । विशेषले यस आर्थिक वर्षमा भएका अधिकांश मुद्दाको फैसला लेखिसकेको छ ।

यस आर्थिक वर्षमा १ सय ७८ मुद्दा फैसला भएका थिए । त्यसमध्ये १७२ थान मुद्दाको फैसला तयार भएको र ४ थान फैसला अन्तिम चरणमा रहेको विशेष अदालतले जनाएको छ ।

अहिले विशेष अदालतलाई भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धिकरणलगायतका मुद्दा हेर्ने कार्यक्षेत्र छ । तर, अनुसन्धान गर्ने निकाय अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग जस्ता कार्यालय सुविधासम्पन्न र प्रविधिको उच्चतम उपयोग गरिरहेका भए पनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालत भने न्यून स्रोत साधनमा सञ्चालन भएकाले यी दुईबीचको खाडल पुर्ने प्रमुख चुनौती विशेष अदालतलाई रहेको रजिस्ट्रार अशोककुमार क्षत्रीले बताए ।

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

साताका लोकप्रिय समाचार

समाजवादी क्रान्तिका लागि “आईटी आर्मी”, संयोजकमा चन्द्र भुषण साह चयन

  काठमाडौँ । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ । युवा...

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीकाे सपथ सिंहदरवारमा

  काठमाडाैं ।  नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको...

काठमाडौं –दिल्ली अब सातामा उडान

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुईवटा मात्र उडान भइरहेको...

श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल...

यसकारण झस्के प्रधानमन्त्री देउवा ?

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति...

ट्रेन्डिङ

वन्यजन्तुको आवत जावतका लागि यस्तो बन्दैछ ‘ओभरहेड ब्रिज’

बर्दिया । बर्दियाको खाता करिडोर क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको आवतजावतका लागि ओभरहेड ब्रिज बन्ने भएको छ । राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)