Sunday, May 16, 2021
Home अर्थ एकैदिन साढे ६ अर्ब बढीको राजस्व छली मुद्दा, ६ अर्ब ६० करोड...

एकैदिन साढे ६ अर्ब बढीको राजस्व छली मुद्दा, ६ अर्ब ६० करोड बिगो माग दाबी

,

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभिन्न फार्म र सञ्चालकविरुद्ध ६ अर्ब ६० करोड रुपैयाँ बिगो असुली जरिमाना र कैद सजायको माग दाबीसहित मुद्दा दायर गरेको छ । विभागले ती फार्मविरुद्ध उच्च अदालत पाटनमा चारवटा मुद्दा दर्ता गरेको हो । सो मुद्दामा बिगोको दोब्बर जरिमाना र कैद सजायको माग दाबी गरिएको छ ।

विभागले काठमाडौंको सोह्रखुट्टेस्थित हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालकसहित दुई जनामाथि २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बिगो माग दाबी गरेको जनाएको छ । अनुसन्धानको क्रममा सो फार्मले भन्सारबिन्दुबाट मालसामान ल्याउँदा लुकाइछिपाइ ल्याएको पाइएको उल्लेख छ । हाइटेकले त्यसरी ल्याएको सामानमध्ये थोरैको मात्रै बिल जारी गरेको भन्दै विभागले १ अर्ब ७१ करोड रुपैयाँ भन्सार चुहावट गरेको आरोप लगाएको छ ।

यसैगरी, ५९ करोड २८ लाख रुपैयाँ भ्याट छलेको आरोप पनि लगाइएको छ । आयकर र लाभांश गरी सो फार्मले १२ करोड १४ लाख रुपैयाँ राजस्व छली गरेको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–२२ महाबौद्धमा जेएसएस मोबाइल एन्ड सर्भिसेज प्रालि, श्याम इम्पेक्स, श्यामबहादुर कन्सर्न प्रालि र श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत चार जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्व ३९ करोड ७ लाख रुपैयाँ बिगो कायम गरी सो बिगो असुलउपर गरी जरिमाना र कैद सजायसमेत हुन मागदाबी लिई सोही अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । ती कम्पनीमाथि भन्सार छलेर मेमोरी कार्ड, पेन ड्राइभलगायतका सामान ल्याएको आरोप छ । कम्पनीमा छापा मार्दा वास्तविक कारोबार लुकाउन छुट्टै खातापाता राख्ने गरेको भेटिएको विभागको दाबी छ । उनीहरुले १ अर्ब १ करोड भन्सार र ३२ करोड २४ लाख भ्याट छलेका थिए । यसैगरी ती फार्मले ४ करोड ८५ लाख रुपैयाँ आयकर र लाभांश छलेको आरोप लगाएको छ ।

भुटा तथा नक्कली बिजक प्रयोग गरी राजस्व छलीमा संलग्न माँवैष्णो ट्रेडकन्सर्नसहित ९ वटा फार्मका सञ्चालक र प्रोप्राइटर एवं मुख्य कारोबारीसमेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ४९ हजार ५३१ रुपैयाँ राजस्व चुहावट गरेकोले बिगो असुल गरी जरिमाना र कैद सजायसमेतको मागदाबी लिई सोही अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरुले वस्तु तथा सेवा खरिद बिक्री नै नगरी झुटा तथा नक्कली भ्याटबिल एवं बिजक मात्र जारी गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको छ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

साताका लोकप्रिय समाचार

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

ट्रेन्डिङ

मालपोत अधिकृत पौडेललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका डिल्लीबजार मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले...

कोरियामा नेपाली विद्यार्थीलाई इ–९ भिसा

सिओल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा...

थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५...

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

कलैया उपमहानगरपालिका घेराउ

बारा । बाराको कलैया उपमहानगरपालिका घेराउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ९ का स्थानियहरुले उपमहानगरपालिका घेराउ गरेका हुन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत...

गाँजा खेती र आयआर्जन

नेपालका किसान र व्यापारीको परम्परागत आम्दानीको स्रोत हुँदै आएको भाङ, गाँजा, चरेस खेती पछिल्लो चरणमा प्रतिबन्धित भयो । तत्कालीन अवस्थामा करोडौं करोडको व्यापार कारोबार...

काभ्रेमा बस दुर्घटना, ३० जना घाइते, ६ को अवस्था गम्भीर

काभ्रे । जिल्लाको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस...

सारालाई अमेरिकन एयरपोर्टमा सधैं झमेला

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छन् । विगतमा अभिनेता शाहरुख...

उपसभामुख निर्वाचन अन्योलमा : दलहरूले चासो नदिँदा चालू अधिवेशनबाट चुनिने सम्भावना कम

काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले...

बझाङकी पहिलो कोरोना संक्रमित महिला स्वस्थ

बझाङ । कोरोना संक्रमित एक महिला स्वास्थ्यलाभ गरेर फर्किएकी छन् । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वारेन्टाइनमा रहेकी ४० वर्षीय महिलाले कोरोनालाई...

७० वर्षिया वृद्धाकाे बलात्कारपछि घाँटी थिचेर हत्या

झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)