बाल कवितामा प्रश्ना सुवेदी उत्कृष्ट

काठमाडौं । लकडाउनको समय गत वैशाखमा शैली थिएटरले घोषणा गरेको विश्व बाल कविता महोत्सवको नतिजा सो थिएटरले सार्वजनिक गरेको छ । विश्वभरिबाट बाल कविता आह्वान गरी पहिलोपटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झन्डै तीन महिनामा नतिजा प्रकाशन गरेको हो ।

सामाजिक सञ्जालबाटै आह्वान गरिएको सो विश्वव्यापी कविता प्रतियोगितामा ‘निष्कर्ष मेरो प्रयोगशालाको’ शीर्षकको कविताबाट बर्दिया गुलरियाकी प्रश्ना सुवेदी प्रथम भएकी छन् ।

यस्तै, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा पल्पसा काफ्लेले कविता ‘गाउँ गाउँ जस्तै देखिनेछ’मार्फत द्वितीय र रोल्पा लिवाङका अर्चितबाबु मर्सिफुलले ‘वसन्त’ कवितामार्फत तृतीय भएका छन् । नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका छात्र चिराग तिमल्सिना ‘हामी को हौं ?’ र नुवाकोट पञ्चकन्याका मनोहर भण्डारी ‘मैनाचरी’मार्फत चौथो र पाँचौं भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीयले ८ हजार, तृतीयले ६ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कविता महोत्सवमा सहभागी सम्पूर्ण प्रतोयोगीलाई सम्मान र सम्झनास्वरूप प्रमाणपत्र प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

अहिले कोरोना संक्रमणका कारण यात्रा गर्न कठिन भएकाले पुरस्कार राशि बैंक खातामा जम्मा गर्ने र प्रमाणपत्र कुरियरबाट पठाउने आयोजकले जनाएको छ । कविहरू महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समूहले कवितालाई मूल्यांकन गरेको आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 683 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक