Sunday, May 16, 2021
Home प्रदेश प्रदेश २ नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

,

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटउपर सुनवाइ गर्न सर्वोच्चले ५ साउनमा पेशी तोकेको छ ।

रिटमा मेयर साह र जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ । दुईसाता अघि कानुनविपरित भएको नगरसभा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आफूहरूले हिजो बुधबार रिट दायर गरेको वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

बहुमत वडाध्यक्ष र सदस्यहरू विरोधमा रहेका बेला मेयर साहले अवैधानिक तरिकाले नगरसभा गरेको उनीहरूको दाबी छ । ‘बहुमत वडाध्यक्ष तथा सदस्यहरू विरोध गर्दै धर्नामा बसेका थियौं, नगरसभा गर्न मेयर साहसँगको वार्तामा सहमति हुन नसकेपछि हामी राति १० बजे बाहिरिएका थियौं,’ वडाध्यक्ष परमेश्वर भन्छन्, ‘वार्तामा सहमति भएन, सबैजना हिडेपछि नगरसभा कसरी भयो ?’

मेयरले फर्जी हस्ताक्षर गर्न लगाएर नगरसभा सम्पन्न भएको दाबी गरिरहेको असन्तुष्ट वडाध्यक्षहरूको भनाइ छ । आफूहरूले उपमहानगरपालिकाको हरहिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन पटकपटक आग्रह गर्दा समेत मेयरले नटरेको उनीहरुको भनाइ छ । संख्या बल पुगेको दाबी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नगरपालिकाको बजेट पास गरेका थिए । आर्थिक वर्ष २०७७÷०७८ को लागि एक अर्व ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

जसमा एक अर्व आठ करोड ११ लाख ८६ हजार पाँच सय पचास र पुजिगततर्पm ५७ करोड १३ लाख ८५ हजार तीन सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको छ । बजेट व्यवस्थापनका श्रोतहरुमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख,वित्तिय समानिकरणतर्पm ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्पm पाँच करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।’
बहुमत वडाध्यक्ष तथा सदस्यहरू विरोधमा रहे पनि मेयर साहले असार १० गतेमा अबेर राति नगरसभा गरेको उनीहरूले बताएका छन् । नगरसभामा १० देखि १५ जनाको फर्जी हस्ताक्षर रहेको उनीहरूको दाबी छ ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

साताका लोकप्रिय समाचार

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

ट्रेन्डिङ

काला बजारियामाथि आक्रामक कारबाही थाल

निषेधाज्ञा खुकुलो पारेर सार्वजनिक यातायात खुला गरेसँगै नेपाली तरकारी बजारमा प्याजको भाउ अकासिएको छ । पहिलो दिन ७० रुपैयाँ रहेको प्याज अर्को दिन बिहान...

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

काठमाडौं । निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य...

कोरोनाबाट विश्वमा ४ लाख ७० हजारभन्दा बढीको मृत्यु, ९० लाख ५१ हजार बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । साथै यस संक्रमणबाट...

विवाहले खुसी छाएको जीन्दगी

इलाम । इलाम नगरपालिका–३ पुवामझुवाका नितेश सुनुवार शारीरिक रूपमा अशक्क्त छन् । हिंडडुल गर्न नसके पनि दुःखले हात चलाउन र बोल्न मात्र सके पनि...

नेकपामा फेरि किचलो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

कात्तिकबाट ई-पासपोर्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्र्तगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ । सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको...

लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ

काठमाडौं । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न...

विश्वमा तेल नबिकेर हैरान, नेपालमा पाउनै मुस्किल (फोटोफिचर)

काठमाडौँ । कोरोना प्रभावका कारण रसिया र साउदी अरेबिया बिचको असमझदारीका कारण अहिले २९ वर्ष पहिलेको भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ आइपुगेको छ । विश्वका...

अब मुलुकमा कुनै पनि आन्दोलनको आवश्यकता छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह...

मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१...

नेपालमा एक दिनमा ७ महिला बलात्कृत, २ महिनामा १ जनाको हत्या

काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन...

चेन्नाइ, राजस्थान र पञ्जाव उपाधि होडबाट बाहिर

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दौडबाट चेन्नाइ सुपर किंग्ससँगै पञ्जाव र राजस्थान पनि बाहिरिएका छन् । जीतसँगै कोलकताले भने शीर्ष चारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)