बर्दियामा एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१० पुग्यो

बर्दिया । बर्दियामा एकैदिन १० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा मधुवन नगरपालिका वडा नं १,२,५ र ९ का गरि ४ जना, राजापुर नगरपालिका वडा नं ६ र ८ का २ जना, ठाकुरबाबा नगरपालिका वडा नं ६ र ८ का २ जना र गेरूवा गाउँपालिकाको वडा नं ४ र ५ का २ जना गरि जम्मा १० जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या २१० पुगेको छ । यसैगरी संक्रमित मध्ये हालसम्म १८७ जना कोरोना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णागोपाल चौधरीले बताए ।

यसैगरी बर्दियामा हालसम्म आरडीटी विधिबाट १२ हजार ९५८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । भने ३ हजार ९५७ जनाको पिसिआर जाँच गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
पछिल्लो समयमा ४५९ जना व्यक्ति मात्र क्वारेन्टाइनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र