मनकामना गुरुकुलको छात्रबासमा पहिरोले क्षति पुग्यो

सांकेतिक तस्वीर

संखुवासभा । सङ्खुवासभाको खाँदबारी–९ को मनकामना धाममा रहेको श्रीहरि अध्यामिक गुरुकुलको छात्रबासमा पहिरो क्षति पु-याएको छ । २८ गते बिहान आएको पहिरोले छात्रबासको २ सय मिटर माथिबाट आएको पहिरोले मन्दिर परिसमा समेत क्षति पु-याउनको हो । पहिरोले छात्रबासको विद्यार्थी र शिक्षक बस्ने कोठामा क्ष्ति पु-याएपछि बस्ने, खाने समस्या भएको विद्यालयका आचार्य लक्षमण पोखेरलेले बताए ।

गुरुकुलमा ३० जना विद्यार्थी र २ जना शिक्षक बस्ने छात्रबासमा बाढी पसेर सबै कोठाहरु हिलोले भरिएको पोखेरलेले दुखेसो पोखे । २८ गते आएको बाढीले छात्रबास भित्रका खाद्यान्न तथा लत्ताकपडामा हिलोले पुरिएका बताए । गुरुकुल विद्यालयमा अहिले विभिन्न जिल्लाका ३० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

कुनै मानविय क्षति नभएता पनि विद्यार्थीको बासस्थान र खाद्यान्नमा संकट देखा परेको छ । बाढीले छात्रबास पुरिएपछि त्यहाँ रहेका विद्यार्थी र शिक्षक विद्यालयको एउटा कोठामा बस्न बाध्य भएका छन् । ३० जना विद्यार्थी र २ शिक्षकहरु एउटै कोठामा बस्नु पर्दा निकै असहज भएको विद्यालयका आचार्य पोखेरलेले बताए । गुरुकुलको अवस्था देखेर नजिकै रहेको अर्को विद्यालय मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवाल आफ्नो विद्यालयमा रहेको किवानिज क्लव तुम्लिङटार मार्फत छात्रबासको बाढी पन्छाउने काम र तत्कालका लागि राहत स्वरुप ५ हजार प्रदान गरिएको प्रअ भेटुवालले जानकारी दिए ।

गुरुकुलमा रहेका विद्यार्थीहरु पहिरोका कारण विचल्लीमा परेको छन् । पहिरोका कारण उनीहरुलाई अप्ठयारो परेको छन् । बाढीले कक्षाकोठा पुरिएपछि विद्यार्थीहरुलाई अहिले एउटै कोठामा कोचेर राख्नु परेको आचार्य पोख्रेलले बताए । गुरुकुलका आचार्य र विद्यार्थीहरुले अहिले खाने, बस्ने र पढ्ने एउटै कोठामा भइरहेको उनले बताए । यस्तो विपदको बेला सरोकारवाला निकायहरुको ध्यान नपुगेको देख्दा दुखलागेको समाजसेवा तथा पत्रकार जीवनाथ खनालले बताए । गुरुकुल विद्यालयलाई सरकारले २०७२ सालमा अनुमति दिएर पनि उचित ब्यवस्थापन गर्ने नसक्दा खल्लो लागेको पत्रकार खनालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर