कञ्चनपुरमा सलहको झुण्ड देखियो

फाइल तस्वीर

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी र भीमदत्त नगरपालिकामा सलह किरा देखिएको छ । बिहीबार कञ्चनपुरको पुर्नबास नगरपालिकामा केही झुन्ड देखिएको थियो भने आज भीमदत्त नगरपालिका केही वडामा देखिएको हो ।

एकाएक सलहको झुण्ड आकामा उडिरहेको देखेपछि त्यस क्षेत्रका किसान चिन्तित बनेका छ्न् । कृषि ज्ञानकेन्द्र, स्थानीय बासिन्दा र प्रहरिको सहयोगमा सलह किरा भगाउने काम भैरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । पश्चिमी दिशाबाट आएको सहललाई सोही दिशातर्फ फर्काउन सुरक्षाकर्मी लगायतको टोली सक्रिय रहेको उनको भनाई छ ।

‘कञ्चनपुरमा किसानहरुले लगाएको मकै, उखु, धान र डाले घासमा केही हानी पुर्याउन सक्छ, हामी सतर्कता अपनाउदै छौँ’, उनले भने । यस क्षेत्रका किसान, स्थानिय बासिन्दा र किसानहरु थाल ठठाएर र धुवाँले बालेर भगाइरहेको पुर्नवास नगरपालिका-५ का परम्बा तामाङले बताए । केही किसान भने किटनासक बिषादी प्रयोग गरेर भगाउने काम गरिरहेका छ्न् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द