कोरोना पोजेटिभि रिपोर्ट आएको पाँच घण्टामै संक्रमितको मृत्यु

सप्तरी, राजविराज, । कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै सप्तरीका एक बृद्धको उपचारको क्रममा निधन भएको छ ।
राजविराज नगरपालिका ६ निवासी ७२ वर्षिय उनलाई मधुमेह र मुटु सम्बन्धी समस्याका कारण असार ३१ गते धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । बिहीबार दिउँसो ३ बजेतिर ज्वरो समेत आएपछि उनको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । ५ः३० बजे प्राप्त परिक्षण रिपोर्टले कोरोना संक्रमण भएको पुष्टि भएपछि आकस्मिक कक्षबाट सोही अस्पतालको आइसोलेशन कक्षमा राखेर थप उपचार सुरु गरेकोमा राती १०ः३० बजेतिर उनको निधन भएको परिवारजनले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार कोरोनाबाट मृत्यु हुने ती बृद्ध जिल्लाका पहिलो व्यक्ति हुन् । सप्तरीमा हालसम्म ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको उनको भनाई छ ।

सप्तरीका पुराना तथा प्रतिष्ठित व्यापारीका रुपमा चिनिएका दास थरका उनी केही दिनअघि मात्र भारतमा उपचार गराई घर फर्केका थिए । तीन दिन अघि स्वास्थ्यमा पुनः समस्या देखिएपछि आफन्तले उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

मृतकको शव व्यवस्थापन गर्न धरानमा समस्या देखिएपछि गृह जिल्ला सप्तरीमै ल्याएर अन्त्येष्टिको तयारी गरिरहेको मृतकका आफन्तले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्न सरकारले तोकेको मापदण्ड अनुसार केही आफन्तको उपस्थितिमा शुक्रबार सेनाको सहयोग लिएर जिल्लाकै सुरक्षित र उपयुक्त स्थानमा शव व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए ।

संक्रमितको मृत्यु भए पश्चात् उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा क्वारेन्टाइन गर्ने काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए । मृतकको परिवारका सदस्यहरु बस्ने घरलाई भने शुक्रबार बिहानैदेखी सिल गरिएको उनले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी