Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थगोठाटारमा खुल्यो कृषी बजार

गोठाटारमा खुल्यो कृषी बजार

,
sharethis

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ स्थित गोठाटार नागरिक मार्गमा कृषी उपज बजार सञ्चालनमा आएको छ । मनमुरी कृषी सहकारी सँस्था लिमिटेडले कृषी बजार सञ्चालनमा ल्याएको हो ।

४ रोपनी ६ आना जग्गा क्षेत्रफलमा स्थापना गरिएको कृषी बजारको २८ ओटा सटरमा कृषी सामाग्री बेच्न सुरु गरिएको सहकारीकी अध्यक्ष जयकला बस्नेतले बताईन् ।

कृषी उपज बजारमा तरकारी , फलफूल , मासुमाछा , कफि शप , खाद्यन्न , भेटनरी लगायतका थोक तथा खुद्रा पसलहरु सञ्चालनमा आएका छन् ।

अध्यक्ष बस्नेत भन्छिन् , कृषी उपज बजार सञ्चालनमा आएपछि कृषकहरुलाई आफ्नो उत्पादन बेच्न सजिलो भएको छ ।
सहकारीका सदस्यलाई मात्रै सटर उपलब्ध गराईएको अध्यक्ष बस्नेतले जानकारी दिईन् । थोरै पुँजी भएकाहरुलाई सहकारीले प्रोत्सहान स्वरुप सटर उपलब्ध गराईएको बताउँदै अध्यक्ष बस्नेत भन्छिन् , हाम्रो कृषी सहकारीमा ५५० सदस्य छन् ।

सरकारको कृषी पुर्वाधार बिकास तथा कृषी यान्त्रीकरण प्रबर्धन केन्द्रले २६ लाख २५ हजार अनुदान उपलब्ध गराएको थियो । अनुदान सहित सहकारीले १ करोड ६७ लाखको लागतमा बजार स्थापना गरेको हो ।

बजारमा सबै खालका सुविधा उपलब्ध गराउने योजना छ , अध्यक्ष बस्नेतले भनिन् । यो बजारलाई थोक बजारको रुपमा स्थापित गरेर उपत्यकाभरी कृषी सामाग्रीहरु बितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताईन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

अध्यक्ष बस्नेतले थपिन् , किसानले उत्पादन गरेको तरकारी दलालहरु मार्फत बेच्नुभन्दा आफै बजार खोलेर किन नबेच्ने भनेर सामूहिक बजार खोलेका हौँ ।

यो कृषी बजारलाई बिस्तार गर्ने योजना अध्यक्ष बस्नेतको छ । सरकारले अनुदान दिए बजार हातामै चिस्यान केन्द्र खोल्ने योजना सुनाउँदै अध्यक्ष बस्नेतले भनिन् , चिस्यान केन्द्रको लागि हामीले जग्गा छुट्याएर राखेका छौँ ।

कोरोन कहर सकिए लगतै भब्य कृषी महोत्सबको आयोजना गरेर यो बजार उद्घाटन गराउने योजना रहेको अध्यक्ष बस्नेतले सुनाउनुभयो ।

यस बजारमा अहिले १ सय १० जनाले प्रत्यक्ष रोजगार पाएको पनि अध्यक्ष बस्नेतले जानकारी दिईन् । यो कृषी उपज बजार सञ्चालन गर्न कागेश्वरी मनहरा नगरपालिकाले पनि प्रत्यक्ष सहयोग गरेको छ । कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापा भन्छन् , स्थानिय कृषकलाई सहयोग पुगोस् गोठाटारमा कृषी उपज बजार खोल्न नगरपालिकाले सहयोग गरेको हो । यो बजारको बिस्तारको लागि नगरपालिकाले भाबि दिनमा पनि सहयोग गर्ने छ ।

तपाइको प्रतिक्रिया

(Visited 233 times, 2 visits today)

आजको समाचार

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

साताका लोकप्रिय समाचार

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको...

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

  पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

ट्रेन्डिङ

नयाँ परराष्ट्र नीति : छिमेकीसहित सबै मुलुकसँग सन्तुलित सम्बन्ध

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा सुरक्षा चुनौतीका रूपमा...

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ ‘आत्तिनुपर्ने अवस्था छैन’ तर सचेत बनौं

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महŒवपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)