काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अख्तियारले शुक्रबारदेखि नै लागु हुने गरि सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।
अख्तियारका हालका प्रवक्ता प्रदिपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएकाले अख्तियारले ४ नम्वर महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय तथा संघीय मामिला मन्त्रालय र मातहतका निकायमा रहेर कार्य गरिसकेका अधिकारी प्रशासन क्षेत्रमा कुशल मानिन्छन् ।