Friday, June 18, 2021
Home Breaking News अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर

अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर

१८ अकुत सम्पत्ति मुद्दामा १ अर्ब ९ करोड बिगो दाबी

,

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस (रिसवत) लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।

यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार आव २०७६÷७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो । १६ हजार ५ सय ८६ वटा उजुरी फछ्र्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ । ३ वैशाख २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत एक्सरे प्राविधिक राजकुमार ढकालविरुद्ध २ करोड २ हजार ८ सय रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता ग-यो ।

अख्तियारले उनीसहित सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती निरजरा घिमिरेलाई मुद्दामा प्रतिवादी बनाएको छ । उनको जग्गा लुकाएका राममणि लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले सहुलियत पाएका छन् । ढकालले आफ्नी श्रीमतीको नाममा घरजग्गा खरिद र बैंक खातामा रकम राखेको भेटिएको थियो ।

त्यस्तै, ३० असारमा अख्तियारले शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बर्दियाको बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत रेग्मीविरुद्ध बिगो ४ करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो । उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत दर्ता गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि दुवैलाई समेत प्रतिवादी कायम गरिएको थियो ।

१९ असारमा आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग २ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । यस्तै, १६ असारमा नेपाल विद्युत् प्राधिकरणका फोरमेन टहलबहादुर कार्कीमाथि १ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त कार्की बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग छ । कार्कीको १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँको स्रोत नखुलेको देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुृष्टि भएपछि सोहीबराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

१६ असारमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा मुद्दा दर्ता ग-यो ।

१५ असारमा आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरविरुद्ध ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नासु पदमा सहलेखापालको पदमा सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा ३ करोडभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको फेला परेको थियो ।

यस्तै, आयोगले २७ जेठमा नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । काफ्लेले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महँगो मूल्यमा जग्गा खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाइराखेको आयोगको भनाइ छ ।

अकुत सम्पत्तिसँगै आयोगले गत आर्थिक वर्ष २०७६÷७७ मा ५५ जना बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार आर्थिक वर्षभरिमा आयोगले विभिन्न सरकारी निकायमा बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले विभिन्न पदका कार्यरत ८ सय ९ जना सरकारी कर्मचारी र १४ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

(Visited 190 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

साताका लोकप्रिय समाचार

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

ट्रेन्डिङ

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

बर्दियाका एक कोरोना संक्रमितको मृत्यु

बाँके । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य...

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही...

आर्सनलको फराकिलो जीत

लन्डन । इग्लिस क्लब क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले मोल्डेलाई ४-१...

प्रियंकाको विवाह १५ फागुनमा

काठमाडौं ।  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाह अबको ११ दिनपछि हुने भएको छ । डेढ वर्षअघि इंगेजमेन्ट गरेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले २०७६ असारमा विवाहको घोषणा गरेका थिए । तर, त्यतिबेला फिल्मको व्यस्ताका कारण...

कमला नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लहान । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै...

प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

मोरङ ।  प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।  ६० जना डिस्चार्ज भएका छन् । थपिएका ९५ जना मध्ये ४४...

भोलिदेखि ‘लक डाउन’ घर बाहिर निस्कन नपाइने

काठमाडौं । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने...

नयाँ बसपार्कमा काठमाडाै छाड्ने यात्रुको भीड

काठमाडाैं ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको...

पाँचौं चरणको चार्टर्ड उद्धार उडान आजबाट

काठमाडौं । पाँचौं चरणको चाटर्ड उद्धार उडान पुनः आज (मंगलबार)बाट सुरु हुने भएको छ । यसअघि विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका अलपत्र नेपाली नागरिकलाई...

विदेशमा अलपत्र नागरिकको उद्धारः क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौँ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)