Monday, June 14, 2021
Home खेल रियल एक खेल अगावै ला लिगा च्याम्पियन

रियल एक खेल अगावै ला लिगा च्याम्पियन

,

मड्रिड । कोरोना महामारीपछिको खेलमा लगातार १० खेलमा जित निकाल्दै रियल मड्रिड एक खेल बाँकी छँदै यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । आफ्नो मुख्य रंगशाला सान्टियागो बर्नबेउ पुनर्निमाणको क्रममा रहँदा ‘बी’ टिमले प्रशिक्षण गर्ने अल्फ्रेडो डि स्टेफानोलाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको रियलले भिल्लारियललाई बिहीबार राति सोही मैदानमा २–१ ले पराजित गर्दै एक खेल बाँकी छँदै ला लिगाको उपाधि जित्न सफल भएको हो । रियलले स्पेनिस ला लिगा तीन वर्षपछि जित्न सफल भएको हो । रियलको यो समग्रमा ३४औं ला लिगा उपाधि हो ।

ला लिगामा एक चरणको खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको क्याटलान क्लब बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि पक्का गरेको हो । रियलको जितमा दुवै गोल फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गरे । पाहुना टोलीका भिसेन्ट इबोराले सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै भिल्लारियललाई दबाबमा राखेको रियलले २९औं मिनेटमा करीम बेन्जेमाले गोलबाट खेलमा अग्रता लिन सफल भयो ।

क्यासमिरोले चलाखीपूर्ण रूपमा विपक्षी खेलाडीबाट खोसेको बललाई लुका मोड्रिचले दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै दिएको पासलाई बेन्जेमा सदुपयोग गरेका थिए । त्यसपछि पनि रियलले केही आक्रमण बुने पनि भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जो निकै व्यस्त बने । ५४औं मिनेटमा रियलले खेलमा अग्रता दोब्बर बनाउने अवसर गुमायो । ड्यानी कार्भाहलको पावरफुट सट गोलरक्षक एसेन्जोले मुस्किलले बचाए । ७३औं मिनेटमा रियलले पेनाल्टीको अवसर पायो । कप्तान सर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र सोफियन चक्लाले लडाएपछि प्राप्त पेनाल्टीमा रामोसको पासमा बेन्जेमाले गोल गरे पनि रेफ्रीले पुनः पेनाल्टी प्रहार गर्न लगाएका थिए ।

दोस्रो प्रहारमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ला लिगामा उनको यो २१औं गोल हो । ८१औं मिनेटमा टोनी क्रुसको झन्डै २५ यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कदा रियलले अग्रतालाई बढाउने अवसर गुमायो । त्यसको दुई मिनेटपछि भिल्लारियलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८३औं मिनेटमा कप्तान मारिया गास्पारको क्रसमा अनमार्क रहेका भिसेन्ट इबोर्राले उत्कृष्ट हेडमार्फत गोल गर्न सफल भएका थिए । अन्तिम समयतिर भने भिल्लारियलले रियलमाथि दबाब बढाएको थियो । ८८औं मिनेटमा कर्नरबाट आएको बललाई ब्रुनो सोरियानोले भेट्न नसके पनि सोफियनको प्रहार बाहिरिएको थियो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भिल्लारियलले बराबरीको अर्काे सुवर्ण अवसर खेर फाल्यो । गास्परको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले पन्च गर्दै बचाए । रिवाउन्डमा ब्रुनोको प्रहारलाई कोर्टुवाले पुनः बचाए । त्यसपछि इवोराको प्रहार पोस्टबाट थोरै बाहिरिन पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा सब्सिच्युट मार्काे एसेन्सियोले गोल गरे पनि भीएआरबाट मान्यता पाएन ।

दुई गोल गरेका करिम बेन्जेमाको पासमा भिनिसियसले उत्कृष्ट कला देखाउँदै दिएको पासमा एसेन्सियोले खाली पोस्टमा गोल गरेपनि भीएआरमा बेन्जेमाको हातमा बलले लागेको देखिएको थियो । त्यसपछि थप गोल निस्कनस नसक्दा रियलले खेल २–१ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । अब रियलले लेगानेससँग खेल्न बाँकी छ । जितपछि रियलले ३७ खेलबाट ८६ अंक जोडेको छ । पराजित भिल्लारियल ५७ अंक जोडेर पाँचौं स्थानमा यथावत् छ ।

यता, अर्काे खेलमा बार्सिलोना घरेलु मैदानमै १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध बनेको छ । बार्सिलोनालाई स्तब्ध बनाउन ओसासुनाका जोसे अर्नाइज र रोबर्टो टोरेसले गोल गरे । घरेलु टोलीका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । खेलभर नै पाहुना टोलीलाई दबाबमा राखे पनि बार्सिलोनाले ओसासुनाको बलियो रक्षापंक्ति तोड्न सकेन । बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले आधा दर्जन गोलका अवसर खेर फाल्दा लुइस सुआरेज, मार्टिन ब्रेथवेट र अन्सु फातीले पनि गोलको अवसर गुमाएका थिए ।

हारपछि बार्सिलोना ३७ खेलबाट ७९ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । ओसासुना ५१ अंक जोडेर ११औं स्थानमा छ । अब लिग चरणको अन्तिम खेलमा बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई...

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय...

दुई भारतिय नागरिक सहित ३० लाख ७६ हजार बरामद

रौतहट । रौतहट प्रहरीले बुधबार बिहान दुई जना भारतिय नागरिक सहित तीस लाख रुपैयाँ बरामद गरेको छ । रौतहटको परोहा नगरपालिका वाड नं. ९...

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

ट्रेन्डिङ

कोरना भाइरसबारे प्रहरीको सचेनतामूलक कार्यक्रम

काभ्रेपलाञ्चोक । कोरोना भाइरस (कोभिड १९) का बारेमा जिल्लामा विभिन्न संघ संस्थाहरुले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । आइतबार इलका प्रहरी कार्यालय बनेपाले सर्वसाधरणलाई...

सांसद गिरीद्वारा पार्टी निर्देशन उल्लंघन, कारवाही गर्ने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को निर्देशन उल्लंघन गर्ने सांसद सरिता गिरीलाई पार्टीले कारवाही गर्ने भएको छ । शनिबार बसेको जसपा संसदीय दलको बैठकले...

जनस्वास्थ्य उपरको द्वैध मानसिकता

‘एउटा राजाको विलयसँगै मुलुकमा सयांै राजा मात्र होइन, महाराजाकै उदय भयो ।’ सर्वसाधारण नागरिकबाटै व्यक्त हुने यो पछिल्लो प्रतिक्रिया हो । यो कथनले तीन...

शिखाले ल्यायो एकैपटक चार पुस्तक

काठमाडौं । शिखा बुक्सले यतिबेला चार वटा पुस्तक एकसाथ सर्वाजनिक गरेको छ । यो बुक्सले यतिबेला दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’...

भारी बिसाउन चाहँदैनन् बाघबहादुरहरु

काठमाडौं । भारी बिसाउनुको अर्थ हो हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा...

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । दोलखाको कालिन्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति ११ बजेर ५३ मिनेट जाँदा ४ दसमलव ७ रेक्टरको भूकम्प गएको हो ।...

नेकपाको आजको बैठकले पार्टीलाई अतितको कचिङ्गलबाट मुक्त गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक आज बस्दैछ । लामो समयदेखि विवाद र बहसपछि आज बस्ने स्थायी समितिको वैठकले...

विराटनगरमा टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार...

एक हप्तामा गनेर सकियो गढीमाईको भेटी, पुजारीलाई ७ लाख

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब १७ लाख रुयैया भेटी चढेको छ । हरेक ५-५ वर्षमा लाग्ने गढीमाई मेलामा...

सिन्धुपाल्चोकमा थपिँदैछ मापदण्ड अनुसारका भब्य क्वारेन्टाइन

मुलुकका विभिन्न भागमा सञ्चालन गरिएका क्वारेन्टाइन मापदण्ड अनुरुप नभएको गुनासो आइरहेको बेला सिन्धुपाल्चोकमा मापदण्ड अनुरुपका क्वारेन्टाइन थपिएको छ, जहाँ काेराेना संक्रमितले सबै सुविधा पाउनेछन् सिन्धुपाल्चोक...

नेपालगञ्ज उपमहानगरपालिका सिल, नाकामा कडाई

नेपालगञ्ज ।  नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम वढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा...

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

मड्रिड । क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएका छन् । क्लबका अध्यक्ष...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)