बाढीपहिरो पीडितलाई सहयोग जारी : कराँतेका केन्द्रीय महासचिवले दिए १ लाख

सिन्धुपाल्चोक । बाढीपहिरोको चपेटामा परीरहेको बाह्रविसे नगरपालिकाका विस्थापितहरुका लागि विभिन्न सहयोगी संघ संस्था र व्यक्तिहरुले राहात सामग्री सहयोग गरिरहेका छन् । असार २५ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका ५ जम्बु र खागदल बस्ती बगाए पनि बस्तीका दुईको मृत्यु भएको थियो भने १७ बेपत्ता भएका थिए ।

बाढीपहिरोबाट सयौं स्थानीय घरवाहरविहनी भएर विस्थापित भएपछि विस्थापितहरुका लागि सहयोगी संघ संस्थाहरुले खाद्यन, लत्ताकपडा, नगदलगायत अन्य आवश्यक सामग्रीहरु लिएर सहयोगीमनहरु नगरपालिकामा आइरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

कतिपय संघ संस्थाहरुले पहिरो स्थल जम्बुमै लगेर आवश्यक सामग्रीहरु प्रदान गरिरहेका छन् भने कतिपयले नगरपालिकामा आएर सहयोग हस्तान्तरण गर्ने गरेको मेयर शेर्पाले जानकारी दिए । सिन्धुपाल्चोकका सबै स्थानीय सरकारले पनि सहयोग गरिरहेको मेयर शेर्पाले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ३ लाख,मेलम्ची नगरपालिकाले ३ लाख,त्रिपुरासुन्दरी गाउँपालिकाले २ लाख ५० हजार सहयोग गरेको नगरपालिकाले जानकारी दिएको छ । ‘विपत्तीमा परेका स्थानीय तह बाहेक अरु सबै स्थानीय तहबाट सहयोग आउने क्रम छ’, अन्य व्यक्ति र सहयोगी संस्थाहरुले पनि सहयोग गरिरहनु भएको छ’, मेयर शेर्पाले भने ।

महिला, बालबालिका तथा सामजिक सुरक्षा समुहको सहयोग
महिला र बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत महिला तथा बालबालिकाको लागि सामाजिक सुरक्षा समुहले नगरपालिकामा नै आएर खाद्यन लगायत अन्य महत्वपुर्ण सामग्रीहरु नगरपालिकालाई सहयोग गरेको छ । संस्थाले १५ सय किलो चामल, १ सय ५० किलो दाल, ५० लिटर तेल, ८० पिस त्रिपाल, ५० किलो नुन, १० किलो सोयबिन र ६५ पिस टर्च लाईट प्रदान गरेको संस्थाका अध्यक्ष राजेश रेग्मीले जानकारी दिए ।

भुकम्पको बेला पनि आफुहरुले सिन्धुपाल्चोक लगायतका जिल्लामा गएर राहत प्रदान गरेको बताउँदै अहिले पनि बाढीपहिरोको पीडामा रहेका स्थानीयलाई थोरै भएपनि आफुहरुले सहयोग गरेको अध्यक्ष रेग्मीले जानकारी दिए । संस्थाको तर्फबाट अन्य सहयोग पनि पीडितहरुलाई गर्न तयार रहेको अध्यक्ष रेग्मीले मेयर शेर्पा समक्ष प्रतिबद्धता जनाएका थिए ।

कराँतेका प्रमुख प्रशिक्षक शेर्पाले दिए १ लाख
बाह्रविसे नगरपालिका २ कर्थलीका समाजसेवी, नेपाल सेतोकन कराँतेका प्रमुख प्रशिक्षक एवम् महासचिव तथा कराते महासंघका केन्द्रीय सचिव श्याम शेर्पाले बाह्रविसे नगरपालिकाका बाढीपहिरो पीडितहरुका लागि १ लाख सहयोग हस्तान्तरण गरेका छन् ।

नगरपालिकामा आयोजीत कार्यक्रममा बाढीपहिरो बाट विस्थापितहरुका लागि राहत लगायत अन्य सहयोगका लागि आफुले सहयोग गरेको सेतोकन करातेका प्रमुख प्रशिक्षक शेर्पाले बताए ।
भुकम्पको बेलामा पनि शेर्पाले बाह्रविसे लगायतका क्षेत्रमा खाद्यन लगायत अन्य सामग्रीहरु सहयोग गरेका थिए । त्यस्तै कोरोनाको महामारीको बिचमा पनि शेर्पाले राजधानीमा बसोबास गर्ने जिल्लाबासी र अन्यत्रबाट आएका करिब २५ सय लाई एक सातासम्म दैनिक खाना खुवाएका थिए ।

सामान्य व्यापार व्यावसाय गर्दे आएका शेर्पाले लक डाउनका कारण व्यापार व्यावसाय चौपट भएपनि पीडामा रहेका नगरबासीहरुलाई थोरै भएपनि सहयोग पुगोस भनेर आफुले सहयोग गरेको शेर्पाले बताए । ‘लक डाउन नभएको भए अरु पनि सहयोग गर्न सकिन्थ्यो तर अहिले हामी आफै समस्यामा छौं’, शेर्पाले भने । अरु सहयोग हातहरुलाई पनि अनुरोध गरेर सहयोग लिएर आउने शेर्पाले बताए । सहयोगी व्यक्ति र संघ संस्थाहरुले सहयोग लिएर आउँदा आफुहरुलाई यो पीडामा धेरै ठुलो सहयोग भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न : नेताको श्रीमती भएर सहजै टिकट पाउनुभएको हो ?