काठमाडौं । पर्साको ठोरी स्थित सीता गुफा नजिकै नेपाल भारत सीमा क्षेत्रमा रहेको सिमा स्तम्भ उखेलेर फ्याकिएको अवस्थामा फेला परेको छ । नेपाल तर्फ पर्ने सिता गुफा भन्दा करिब ८ मिटर दक्षिण तर्फ डाँडामा रहेको ४३६ नम्बरको सिमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको हो ।
ठोरी स्थित ससस्त्र प्रहरीको बीओपीका प्रहरी नीरिक्षक दिपक दाहालले सिमा स्तम्भ उखेलिएर फ्याकिएको अवस्थामा भेटिएको बताए । ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले विहान पुजाआजा हुँदासम्म सिमा स्तम्भ देखिएको तर दिउसो एकाएक आफूले समेत सिमा स्तम्भ नदेखेको बताए ।
‘विहानसम्म सिमा स्तम्भ देखेका छौं, पूजाआजा सकेर फर्किएपछि हेर्दा स्तम्भ मैले देखिन,’ ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले राजधानीसँग भने ।
सो स्थानमा अहिले ससस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएको भन्दै केही दिन अघि भनाइ सार्वजनिक गरेपछि सो क्षेत्रमा भिडभाड बढ्दै गएको छ । सो सिता गुफामा आज ठोरी गाउँपालिकाले भव्य पूजाअर्चना गरेको थियो । सो स्थानमा रहेको सिमा स्तम्भ कसले उखेलेर फाल्यो भन्ने विषयमा थप अनुसधान भइरहेको प्रहरी बताउँछ ।
(Visited 2,426 times, 1 visits today)