Sunday, May 9, 2021
Home भर्खरै सचिवालयको निचोड : सहमतिको विकल्प छैन

सचिवालयको निचोड : सहमतिको विकल्प छैन

मिलनबिन्दु खोज्दै नेकपा

,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु-याउनुपर्ने निचोड निकालेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति गरेर अघि बढ्नुपर्ने र नमिलेका विवादका विषय एकता महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने भन्दै एकता महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सो प्रस्तावलाई अन्य शीर्ष नेताहरुले सकारात्मक रूपमा लिए पनि उनीहरु आश्वस्त हुन नसकेको बताइएको छ ।

– एकता महाधिवेशन मंसिरमा गर्न ओलीको प्रस्ताव
– ओलीको प्रस्तावमा प्रचण्डको समर्थन
– प्रधानमन्त्रीको राजीनामाको विषय नै उठेन

सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठान गरेनन् । सचिवालय बैठक निकै सौहार्दपूर्ण रूपमा सञ्चालन भएकाले धेरै विवाद मत्थर हुने क्रममा पुगेको नेताहरुले बताएका छन् ।

अब नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा प्रकरण क्लोज हुने अवस्थामा पुगेको स्रोतको दाबी छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समाधानका लागि थप छलफल गरेर टुंगो लगाउने सहमति भएको बताए । नेकपा अध्यक्षद्वय ओली र दाहालसहित शीर्ष नेताहरुले छलफल गरेर विवाद समाधान गर्ने उनले बताए ।

‘पार्टीको समग्र समस्याबारे आज राम्रोसँग छलफल भएको छ तर विवाद समाधान नभए पनि समाधान गर्नुपर्छ भन्नेमा सबैको जोड रहेको छ,’ श्रेष्ठले भने, ‘दुई अध्यक्षसहित शीर्ष नेताहरुले सहमतिमै विवाद टुंग्याउने सहमति भएको छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले माग गरेपछि विवाद सुरु भएको हो । तर, ओली दुवै पदबाट राजीनामा नदिने तर जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने अडानमा रहँदै आएका छन् ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले सांकेतिक समर्थन र थप आश्वस्तता खोजेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले सो प्रस्ताव लिखित रूपमा नै ल्याउनुपर्नेमा जोड दिएका थिए ।

ओलीले महाधिवेशनको प्रस्ताव गरेपछि सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले खुृलेर समर्थन गरेका थिए । तर, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिखित रूपमा आउनुपर्नेमा जोड दिएका थिए ।

दुई अध्यक्षबीच गोप्य सहमति भएको हुन सक्ने भन्दै नेपाल पक्ष संशकित भएको छ । शनिबारको बैठमा अध्यक्ष दाहाल निकै लचिलो रूपमा पेस भएका थिए । दाहाल पार्टी एकतालाई जोगाउन लचक भएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।

विवाद समाधानका लागि बसेको सचिवालय बैठक सकेर अध्यक्षद्वय ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

नेकपा स्रोतका अनुसार छलफलबाटै विवाद समाधान गरिने भएकाले थप छलफल जारी नै रहनेछ । आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने नेकपा प्रवक्ता श्रेष्ठले बताए । १० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठक १८ असारयता बस्न सकेको छैन । विवाद समाधान गर्न नेताहरुले पटक पटक बैठक स्थगित गर्दै आएका छन् ।

शनिबार सचिवालय बैठकअघि दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठसहितको बैठक बसेको थियो । यता ओलीले समेत आन्तरिक छलफल जारी नै राखेका छन् । सचिवालय बैठक सुरु हुनुभन्दा अघि दाहाल र ओलीबीच ‘वान टु वान’ छलफल भएको थियो ।

शनिबारको सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्न कुनै हालतमा पनि नदिने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट कुनै कमजोरी भए आत्मालोचना गर्न तयार रहेको र अन्य नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने बताए ।

उनले अब मंसिरमा एकता महाधिवेशन गरी सबै विवाद समाधान गरेर नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए । अर्का अध्यक्ष दाहालले मंसिरमा प्रस्ताव गरिएको महाधिवेशनको समर्थन गर्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले छलफल र सहकार्य गरौं भन्ने प्रस्ताव राम्रो भए पनि दुई जना मिलेपछि सबैथोक राम्रो हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

(Visited 199 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

ट्रेन्डिङ

कसले जारी ग-यो प्रश्रितको नाममा ‘नक्कली’ विज्ञप्ती

काठमाडौं । खेमराज हरिकला समाज कल्याण परिषदे प्रदान गर्ने पद्यश्री साधाना सम्मान र साहित्य पुरस्कार यसपाली प्रदान नहुँदै विवादमा प-यो । पूर्व एनआरएन अध्यक्ष...

संक्रमित बढेकाे बढ्यै, अक्सिजन अभाव

काठमाडौं । सरकारले कोरोनाबाट अति उच्च जोखिम जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर झन् बढ्दोक्रममा रहेको पाइएको छ । काठमाडौं उपत्यकासहित देशभरका २३...

च्याम्पियन्स लिगः केजिमेरोद्वारा रियालको उद्दार

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले...

टौखेलको मकैबारीमा रगतले लतपतिएको शव फेला, हत्या गरिएको आशंका

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका १० स्थायी ठेगाना भएका अमित शाहीको...

धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार राना पक्राउ

कैलाली । कैलालीको धनगढीमा भएको प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

उपत्यकाको ट्राफिक व्यवस्थापनको बृहत् कार्ययोजना अलपत्र

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि लकडाउन अगाडि नै ल्याएको बृहत् कार्ययोजना अलपत्र परेको छ । सरकारी उदासीनता र ढिलासुस्तीले कार्ययोजना कार्यान्वयन...

म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध

न्यापिटअ । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ...

भारतले भूमी मिच्यो, चिनियाले सिंहदरवार घेरे

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राकाा लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षमन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

शिखर सम्मेलन नहुँदा अन्योलग्रस्त बन्यो सार्क

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन ‘कहिले हुने ?’ भन्ने अझै अन्यौल बनेको छ । सन् २०१६ मा पाकिस्तानमा...

आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान

काबुल । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम सुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)