Saturday, March 6, 2021
Home बिचार रोकिनुपर्छ स्थानीय सरकारका बेथिति

रोकिनुपर्छ स्थानीय सरकारका बेथिति

संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महŒवपूर्ण भूमिकामा रहेको स्थानीय सरकारले सेवा प्रवाह र सुशासनमा सबैभन्दा बढी ध्यान दिन जरुरी छ । संघीय शासन प्रणालीको मूल मर्म जनताको घरदैलोमा दिइने सेवासँग प्रत्यक्ष रूपमा जोडिएको छ । जनताको घरदैलोमा प्रत्यक्ष सेवा दिने भनेकै स्थानीय तहले हो । यदि स्थानीय तहले प्रभावकारी सेवा दिन सकेनन् भने आमजनतामा संघीय शासन प्रणालीप्रति नै वितृष्णा पैदा हुन सक्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन पनि स्थानीय तहहरूले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नु अत्यावश्यक छ ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५७आंै वार्षिक प्रतिवेदनले स्थानीय तह विकृतिको चाङले भरिएको औंल्याएको छ । धेरै स्थानीय तहमा आर्थिक पारदर्शिताको अभाव देखिएको छ । संघीय संविधान कार्यान्वयनका क्रममा पहिलोपटक संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार गठन भई जनताको घरआँगनमा विकास, निर्माण र सेवाका काम पु¥याउने स्थानीय तह नै आर्थिक अपारदर्शिताको कठघरामा उभिन पुगेको छ । यसले स्थानीय जनतालाई सोच्ने अवस्थामा पु¥याएको त छ नै, त्योभन्दा पनि बढी संघीयताको जग बलियो बनाउने भनिएको स्थानीय निकाय नै यसरी आर्थिक धमिराको प्रकोपमा पर्न थालेपछि नयाँ व्यवस्थामाथि पनि प्रश्न खडा गरिने वातावरण निर्माण हुन गएको छ । संविधान, राज्यका निर्देशक सिद्धान्त, ऐन–नियम तथा संहिताका कुराहरू लिखित कागजी प्रतिबद्धताका कुराहरू मात्र हुन्, तिनलाई व्यवहारमा जीवन्तता प्रदान गर्न निर्वाचित प्रतिनिधिहरू साँच्चिकै योग्य र इमानदार दुवै हुनुपर्छ । अर्को कुरा, नयाँ र भर्खरै बनेका संरचनाको जग नै राम्ररी बसिसकेको छैन । यो जग एक त संरचनागत हिसाबले बस्नु जरुरी छ । अर्कोतिर शासनप्रणाली र शासकका काम गराइका हिसाबले क्रमशः परिपक्वता आउनु जरुरी छ ।

यो पनि पढ्नुहोस   क्षम्य छैन आर्थिक अपराध

तर, सुरुदेखि नै धमिरो लाग्ने र मक्किने गर्न थालेमा न त राज्यको संरचना बलियो गरी उभिन्छ, न त जनताको विश्वास र भौतिक पूर्वाधार विकास अघि बढाउन सकिन्छ । यसले भर्खरै स्थापना भएको राज्यव्यवस्थामा अविश्वास र असन्तुष्टि बढाउने देखिन्छ । स्थानीय सरकारका हातमा संघीय सरकारको बजेट अंश र स्थानीय साधनस्रोतबाट प्राप्त राजस्व जेजति जुट्न सक्यो, त्यो पारदर्शी रूपमा खर्च गरिदिएको भए स्थानीय शासन सञ्चालनका तीन वर्षमा अर्कै छाँट देखिइसक्ने थियो । त्यसको अलावा स्थानीय जनप्रतिनिधिहरू आफ्ना सेवा र सुविधाका साधन खरिद, भत्ता वृद्धि र ठेक्कापट्टामा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न हुँदै गए । ससाना आर्थिक योजना र बजेट खर्चमा उनीहरूको चासो निकै बढेर गयो ।

आफन्तहरूको स्वार्थले गाँज्न थाल्यो । कमिसन पाइने क्षेत्रमा रकम स्थानान्तरण गरिन थालियो । यसले संस्थागत अनियमिततालाई बढावा दियो । कतिपय यस्ता काम जानेर वा नजानेर पनि गरिएका छन् । तथापि, सुशासन र मूलतः आर्थिक सुशासनसम्बन्धी ऐन र कानुन निर्माण भर्ई तथा स्वयं स्थानीय सरकारले पनि निर्माण गरी आश्यक नियमावली तथा संहिताहरू निर्माण भइसकेपछि त्यसलाई पालना र कार्यान्वयन गर्न कन्जुस्याइँ गर्नुहुँदैनथ्यो तर तीनतीन आर्थिक वर्षमा निरन्तर अभ्यास गरिरहँदा पनि स्थानीय तहमा व्याप्त कमीकमजोरी राम्ररी हट्न सकेको छैन । बरु उल्टै बढेर गएको छ । जनचाहनाअनुसार स्थानीय सरकारका नीति, निर्णय र योजना कार्यसम्पादनमा लापर्बाही देखिनु दुःखद हो । यसैकारण देशको विकास र उन्नतिमा बाधा नपु¥याउन जनताको इच्छा र आकांक्षाको सही सम्बोधन गर्न तथा सुशासनको प्रत्याभूति दिलाउन स्थानीय सरकार बढी जिम्मेवार हुनु जरुरी छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

साताका लोकप्रिय समाचार

अब इन्टरनेट बैंकिङबाट २० लाख भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ ।  बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

ट्रेन्डिङ

अमरगढी नगरपालिकामा थपिए १४ जना कोरोना संक्रमित

डडेल्धुरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अमरगढी नगरपालिकामा १४ जना कोरोना संक्रमितहरु थपिएका छन् । अजयमेरु गाउपालिका डडेल्धुराकी २ वर्षीय १ जना बालिकामा...

ताप्जेजुङकी कोरोना संक्रमित महिलाको मोरङमा मृत्यु

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल...

तिहार र छठमै व्यापारीद्वारा चिनीमा मनलाग्दी रकम असुली, सर्वसाधारण मारमा

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको...

१७ लाख रुपैयाँ घुस लिँदा…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रूपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस...

अमेरिकाको चेतावनीले चिनियाँ अर्थव्यवस्था प्रभावित

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) का कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखाना पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्त राज्य अमेरिकाका संक्राक्रामक...

अध्यादेश तरंग र सहयोगीको भूमिका

गत साता नेपाली राजनीतिका हिसाबले निकै उत्कर्षमय बन्यो । ऐतिहासिक हिसाबले पनि उक्त साता महत्वपूर्ण थियो नै । पाँच वर्षअघि आएको प्रलयकारी महाभूूकम्प र...

तीन दिने तीर्थयात्रापछि माधवनारायणका व्रतालुु शालीनदीमै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता...

सम्पादक पण्डितलाई प्रवल जनसेवा श्री पदक

काठमाडौं । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) प्रदान गर्ने भएको छ । सम्पादक पडित संगै यस वर्षको संविधान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)