Saturday, July 24, 2021
HomeBreaking Newsबर्दियामा कोरोना समुदायमा फैलिएको आशंका : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण

बर्दियामा कोरोना समुदायमा फैलिएको आशंका : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण

,

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ । संक्रमण देखिएका मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मी क्वारेन्टाईन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले आग्रह गरेको छ ।

सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएकाहरु हुन् । उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै १ सय जनाको पीसीआर परीक्षण गर्नु पर्ने देखिएको छ ।

आइतबार बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न सुरू गरिएको छ । योसँगै ठाकुरबाबा नगरपालिकमा संक्रमितको संख्या २४ पुगेको छ । जसमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् ।

शनिबार १० जनामा सङ्क्रमढा पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको संख्या २ सय २० पुगेको छ । १ सय ९२ जना उपचारपछि निको भएका छन् ।

Loading comments...

आजको समाचार

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

साताका लोकप्रिय समाचार

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने

काठमाडौं । एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा अर्काे प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा जाने भएका छन् । नेपाल ओलम्पिक...

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

  सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

ट्रेन्डिङ

गाडीको ठक्करबाट एकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुली । विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका ७ तल्लो बारामा सोमबार विहानै गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट स्थानीय...

बायर्न सुपर कप च्याम्पियन

बुडापेस्ट । युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन बनेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा बायर्नले युरोपा लिग च्याम्पियन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?