Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsथप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

,
sharethis

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएका नमूना परीक्षणमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ६५८ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ५८ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६९५ (६६.२४ प्रतिशत) छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

कोरोनामुक्त भएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ४० जना पुगेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 194 times, 1 visits today)

आजको समाचार

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

साताका लोकप्रिय समाचार

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

  काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद्...

यी हुन् सशस्त्र प्रहरीमा पदक पाउने भाग्यमानीहरु, सबैभन्दा ठूलो पदक डीआईजी राजु अर्याललाई

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक विभूषण घोषणा गरेकी छन् । जसमा...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

ट्रेन्डिङ

सरकार ! ज्यालादारीमा श्रम गर्नेको तथ्यांक छ ?

काठमाडौं । आपतकालीन अवस्थामा राहत वितरण गर्न सरकारसँग ज्यालादारीमा काम गर्ने मजदुरको यकिन तथ्यांक छैन । ज्यालादारी मजदुरको यकिन तथ्यांक नहुँदा संकटकालीन अवस्थामा सरकारलाई...

बागलुङमा शंकाले तयार गर्छ सम्बन्ध विच्छेद

जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्षमा परेका मुद्दा मध्ये अधिकांस सम्बन्ध विच्छेदका छन् । कुल ३९६ वटा मुद्दा मध्ये १७० वटा मुद्दा सम्बन्ध विच्छेदका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)