Monday, May 17, 2021
Home Breaking News एक हजार रुपैँयाकै लागि युवकको अपहरणपछि हत्या, दुई पक्राउ

एक हजार रुपैँयाकै लागि युवकको अपहरणपछि हत्या, दुई पक्राउ

,

सिरहा । सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ बस्ने १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो ।

लकडाउनकै अवधिमा लागू औषध मुद्दामा पक्राउ परेका रोशन केहीदिन अघि थुनाबाट छुटेका थिए । १० हजार रुपैँया धरौटी राखेर छुटेका उनी थुनामै रहेका बेला प्रहरी हिरासतभित्रै मिर्चैया नगरपालिका वडा नम्बर १ का मुकेश कटुवालसँग १ हजार रुपैया सापटी लिएको बताइएको छ ।

रोशनका परिवारजनका अनुसार थुनाबाट निस्केपछि मुकेश पटक पटक पैसा माग्न रोशनको घरमा आउने गर्थे । तर पैसा नभएको भन्दै रोशनले केही दिनपछि कमाएर पैसा दिने मुकेशलाई बताउँदै आएका थिए । मुकेशले पटकपटक घरमा पुगेर रोशनलाई ज्यान मार्ने धम्की दिँदै आएको रोशनका बुवा सिपैत मोचीको आरोप छ ।

मुकेशले नै छोराको हत्या गरेको उनले दावी गरे । उनका अनुसार मुकेशले रोशनलाई अषाढ २७ गते घरबाट बाईकमा चढाएर ससुराली जाउँ भनेर लगेका थिए।

उनी सोही दिनदेखि बेपत्ता भएको बताइएको छ । उनको लाश मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए ।

प्रहरीले जयकुमार र मुकेशलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चेयाका प्रमुख डीएसपी सन्टु जयसवालले बताए ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

हुम्लाको पीडा बोक्दै फेरि आयो रेलको बाटो

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा हुम्ला कहिले मोटर आउला बसेकै छु रहरैमा काठमाडौं र तराईबासीले भारत र चीनबाट रेल आउने कल्पना गरिरहेका बेला...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

बुहारीलाई छोरी सहर व्यवहार गर्न भिडियो निर्माण

काठमाडौं । लकडाउनका कारण घरमा बसेका श्रोता दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने उद्देश्यले गायिका स्वरुपा रसाइलीले आफ्नो नयाँ गीत जसले मलाई...को भिडियो बिहीबार रिलिज गरेकी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

ट्रेन्डिङ

आङरिता शेर्पालाई राजा बिरेन्द्रले भनेका थिए ‘तपाईका लागि दरवारको ढोका सँधै खुल्ला हुनेछ’

काठमाडौं । बिनाअक्सिजन १० औँ पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड कायम गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको...

दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक

 काठमाडाै‌ं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको...

सांसदको लोगो नेपालको नयाँ नक्साअनुसार परिमार्जन गरिने

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएका प्रतीकलाई नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने...

परियोजना बैंक: एक समालोचनात्मक समीक्षा

परियोजना सेवा र वस्तु उत्पादनको निश्चित अवधिका लागि लगानी गर्ने एउटा प्रस्ताव हो । आवधिक योजना परियोजनाको संग्रह हो भन्दा अत्युक्ति हुँदैन । विकास...

रुकुमपूर्वमा श्रीमतीद्वारा चिर्पटले हानेर श्रीमानको हत्या

रुकुमपूर्व । रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २...

का‌ंग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडाै‌ ।  प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको...

कुखुरा जोगाउन थापिएको करेन्टमा परी संचालककै मृत्यु

राजविराज । कुखुरालाई अन्य जिवजन्तुबाट जोगाउन फर्म वरिपरी बिजुलीको तार लगाई गरिएको करेन्ट प्रवाहमा परी स्वयम संचालकको मृत्यु भएको छ । राजविराज नगरपालिका १ रहमदपुर...

बाढी पीडितको पैसामा वडाध्यक्षको मनोमानी

सिन्धुपाल्चोक । २०७३ सालमा भोटेकोशी नदीमा आएको बाढीले स्थानीयको घर जग्गा बगाएपछि भोटेकोशी पावर कम्पनीले दिएको रकम वडा अध्यक्षले मनलाग्दी रुपमा वितरण गरेको स्थानीयले...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

चाबहिल चोकका खाल्टा खुल्टी (फोटोफिचर)

काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये...

तीन दिने तीर्थयात्रापछि माधवनारायणका व्रतालुु शालीनदीमै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता...

सामसङको ए ७१ र ग्यालेक्सी ए ५१ मोवाइल बजारमा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मोबाइल बजारमा ल्याएको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रूपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)