मिलानको सानदार जित

रोम । एसी मिलानले सानदार जित निकाल्दै इटालियन सिरी ‘ए’मा शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो ।

मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे । पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए । गोलको वर्षा भएको खेलमा मिलानले खेलको १०औं मिनेटमा एलेक्सिसको गोलबाट अग्रता बनाएको थियो ।

२४औं मिनेटमा हकानले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा ताकेहिरोले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो । ४९औं मिनेटमा इस्माइलले गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए । ५७औ मिनेटमा एन्टी रेविचले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गर्दै मिलानलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाभिडले गोल गर्दै मिलानलाई ५–१ को सानदार जित दिलाए । जितसँगै छैटांै स्थानमा उक्लिएको मिलानको ३४ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रोमाको ५३ अंक छ । पराजित बोलोग्ना ४३ अंक जोडेर १०औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिकामा कांग्रेसकाे अग्रता