लन्डन । एफए कप उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने भएका छन् । गएराति सम्पन्न खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई साइट लगाएदिएपछि उपाधि भिड्न्तमा आर्सनलसँगको खेल उसले पक्का गरेको हो । उपाधि भिड्न्त अगस्त १ मा हुनेछ ।
गएराति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले साइट लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे ।
म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औँ मिनेटमा ३–० ले पछि परेको घरेलु टोली म्यान्चेस्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए ।
शनिबार राति भएको पहिलो सेमिफाइन खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाइनलमा पुगेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)