प्रवाससँग तेलुगु फिल्ममा दीपिका पादुकोण

मुम्बई । कोरोना संक्रमणबीच सावधानी पूर्ण रूपमा बलिउड फिल्महरू छायांकन थालिएपछि दक्षिण भारतीय फिल्म उद्योग पनि सुचारु भएको छ ।

यसैक्रममा बाहुबालीका अभिनेता प्रवास र बलिउड अभिनेत्री दीपिका पादुकोण एक नयाँ फिल्ममा आबद्ध भएका छन् ।
हिन्दी र तामिल भाषामा समेत निर्माण गरिने तेलुगु फिल्ममा अभिनेता प्रवास र अभिनेत्री दीपिका आबद्ध भएका हुन् । यी दुई अभिनेता अभिनेत्री आफ्नो नयाँ फिल्ममा आबद्ध भएको फिल्म निर्देशक नाग अश्विनले बताएका छन् ।

फिल्ममा यी दुई आबद्ध भएसँग फिल्मको छायांकनको लागि उनीहरूलाई तयारी गराउन थालिएको पनि निर्देशक नागाको कथन छ ।

अभिनेता प्रवास अहिले फिल्म राधे श्याममा व्यस्त छन् । यो फिल्मको बाँकी छायांकन पूरा गरेर उनी नागाको नयाँ फिल्ममा आबद्ध हुने भएका छन् । यता दीपिकाको पनि पछिल्लो समय राम्रो सिनेमा आउन सकेको थिएन । गत वर्ष उनको फिल्म छपाक आएपछि उनी राम्रो फिल्ममा आबद्ध भएकी थिइनन् । यसपटक उनी प्रवाससँग तेलुगु फिल्ममा जोडिएकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित