बैतडीका सबै कोरोना संक्रमित डिस्चार्ज

बैतडी । बैतडीका सबै कोरोना संक्रमित व्यक्तिहरु घर फर्किसकेका छन् । २९७ जना कोरोना संक्रमितमध्ये सबैजना घर फर्किसकेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

१४ दिन बढि क्वारेन्टाइनमा बसेका उनीहरुमा कुनैपनि लक्षण नदेखिकाले सामान्य चेक जाँचपछि घर पठाइएको उनले बताए । उनले भने, ‘डब्लुएचओका अनुसार अहिले कुनैपनि लक्षण नदेखिएका ब्यक्तिमा १० दिनपछि भाइरस पुर्णरुपमा निस्किय हुने हुँदा कोरोनाको संक्रमण पुष्टि भएको दिनदेखि १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको छ, हाम्रो जिल्लामा १४ दिन मात्रै नभई धेहि ब्यक्ति ३०–३५ दिनसम्म समेत क्वारेन्टाइनमा बसालेर घर फर्काइएको छ ।’

‘उनीहरुबाट अरु व्यक्तिमा सर्ने जोखिम कम हुन्छ र उनीहरु घरमा समेत सुरक्षित भएर बसिरहेको खबर आइरहेको छ । हिजोअस्तीसम्म २१ जना संक्रमितहरु विभिन्न स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका थिए आज सबै डिस्चार्ज भैसकेका छन्’ उनले भने । ’

बैतडी जिल्लाका कुनैपनि संक्रमितहरुमा लक्षण देखिएको छैन् । नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार नै लक्षण नभएका संक्रमितहरुलाई घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा अहिले भारतबाट आएका ५ सय १० जना बिभिन्न स्थानिय तहका क्वारेन्टाइनहरुमा बसिरहेका छन् । बैतडीमा अहिले थप ब्यक्तिमा कोरोनाको संक्रमण देखिएको छैन ।

बैतडीका कोरोना संक्रमितमा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित