बाजुरामा ताप्रिसेराको पक्की पुल बाढीले बगायो, साँफे-मार्तडी सडक बन्द

बाजुरा(मार्तडी) । साफेँ मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिका वडा न २ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । आइतबार राती परेको अबिरल बर्षासंगै घट्टेखोलामा बाढीले सो पुल बगाएको हो ।

यसैगरी साँफे मार्तडी सडकखण्ड अन्तर्गत धेरै ठाँउमा पहिरो आएर आजदेखि यातायात पुर्णरुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताए ।

बाढीपहिरो प्रभाबित क्षेत्रमा नगरप्रमुख शाहसहितको टोली

बाढीप्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहसहितको टोलीले अनुगमन गरेको । बाढीपहिरोको अवस्थाको अनुगमन र विस्थापित बस्ती व्यवस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो ।

प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाती, वडा अध्यक्ष र कर्मचारीसहितको टोली पुगेको नगरपालिकाले जनाएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण गैहसहित जिल्लाबाट पनि टोली प्रभाबित क्षेत्रमा पुगेको छ ।

त्यसैगरी अविरल वर्षासंगै बुढिगंगा नगरपालिकाका दर्जन भन्दा बढी बस्तीहरुमा पहिरो आएर बिस्थापित भएका छन् । सोही नगरपालिका वडा न २ नडाङ गाउँका १० परिवार रातिदेखि घर छोडेर गाउँ नजिकै रहेको शिवसंकर प्राथमिक विद्यालयमा सरेको स्थानीय पारस रावलले बताएका छन । आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताप्रिसेराका पुरै बस्तीहरु बिस्तापित भएका छन् ।

पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेति योग्य जमीन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । राति आएको अविरल बर्षाले बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि घरहरु चर्के पछि बिस्तापित भई छिमेकीको घरमा सरेका छन् ।

पहिरोले पुरैगाउँ जोखिममा रहेको बुढीगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । ताप्रिसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रिसेराका ब्यापारी गोपाल थापाको पसल बगाएर लाखौको क्षति भएको छ ।

एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौ पसल पुरै बगाएको ब्यापारी गोपाल थापाले बताए । लगतारको बर्षासंगै आएको बाढीले साफे मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुलमा बगाएर ल्याएका ढुंगामुढा अट्कीयपछि बाढी ताप्रिसेरा बजार पसेको हो ।

बाढी बजारसंगै धान रोपेको महिना दिनपुगेको छैन सबै बगरमा परिणत भएका स्थानिय रमेश थापाले बताए । साँफे- मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुल समेत बगाएको छ । पक्की पुल बगाउँदा यातायात रोकिएका छन् ।

बाढीपहिरोले गाउँ नै विस्थापित, खेतीयोग्य जमिन बगरमा परिणत

आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताप्रिसेराका पूरै बस्तीहरु बिस्थापित भएका छन् । पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेती योग्य जमिन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।

राति आएको अविरल बर्षाले बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि घरहरु चर्केपछि बिस्थापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले पुरैगाउ जोखिममा रहेको वडा अध्यक्ष हिरालाल थापाले बताए । त्यसै गरी नडाङका १० परिवारका घर चर्किएपछि शिवशंकर प्राबिमा बसेका अध्यक्ष थापाले बताए ।

यता ताप्रिसेरा बजार भित्रै बाढी पसेर लाखौको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ब्यापारी गोपाल थापाको पसल बगाएर लाखौको क्षति भएको छ । लगतारको बर्षासंगै आएको बाढीले साँफे-मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुलमा बगाएर ल्याएका ढुंगामुढा अट्किएपछि बाढी ताप्रिसेरा बजार पसेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी