Tuesday, January 26, 2021
Home प्रदेश प्रदेश ३ कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।

महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड– १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।

यसअघि महाशाखाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को सङ्क्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पिसिआर परीक्षण गरेको थियो । ‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ ।

पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ । ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को सङ्क्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । ‘तत्काल समुदायमा कोभिड– १९ को सङ्क्रमण कस्तो रहेको छ भनेर पिसिआर परीक्षण गरिन्छ’, उनले भने, “महामारीका रुपमा फैलिएको कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड– १९ का ९७ प्रतिशत सङ्क्रमित विनालक्षणका देखिएका छन् ।

यो पनि पढ्नुहोस   अझै हिउँदे वर्षा भएन

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताए । ‘कोभिड– १९ को सङ्क्रमणबाट कति मानिस आफैँ नै सञ्चो भएका छन् । उनीहरुको सङ्क्रमण भए÷नभएको हामीलाई थाहा छैन’, उनले भने, ‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।’

कोभिड– १९ को भाइरसको सङक्रमणको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड– १९ को सङ्क्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । ‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट सङ्क्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्दछ’, उनले भने, ‘त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो ।’ उनका अनुसार चाँडै नै सङ्क्रमण प्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ । नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् ।...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

जाँदा जाँदै राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् ।...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा...

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त...

स्याङ्जामा तमुवान–मगराँत प्रशिक्षण

पोखरा, ३० फागुन । स्याङ्जामा शुक्रवार तमुवान–मगराँत सम्बन्धि प्रशिक्षण गरिएको छ। समाजवादी पार्टीको विस्तार तथा सुदृढिकरण(बिसु)अभियान अन्तर्गत स्याङ्जा सदरमुकाम पुतलीबजारस्थित तमु समाज भवनमा प्रशिक्षण...

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ...

‘सलहको संख्या बढ्यो भने कृषिबालीमा क्षति पु-याउछ’

बारा । भारतको बिहार हुँदै नेपाल पसेको सलह किराको समूह बाराको निजगढ, सिमरा लगायतका स्थानहरुमा देखा परेको छ । यो किरा देखिए सँगै किसानहरुमा...

नारायणी उपक्षेत्रिय अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन् । बुधबार दिउँसो आइसोलेसन कक्षबाटै दुईजना संक्रमित नेपाली नागरिक भागेको...

२२ हजारमा मुल्यमा इन्फिनिक्सले नाेट सेभेन माेबाइल ल्यायाे

काठमाडौं। युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको...

७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश २ मा बिरोध

जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने निर्णयको प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बिरोध जनाएका छन् ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

धेरै पढिएका

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको...

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)