Friday, July 23, 2021
Homeप्रमुखहनुमन्ते नदी शहर पस्याे, भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

हनुमन्ते नदी शहर पस्याे, भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

,

भक्तपुर ।  दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुइँतलाका सामान डुबाएका छन् भने मानवीय क्षति नभए पनि भौतिक सामग्री डुबानमा परेका छन् । हनुमन्तेको बाढी बस्तीमा पस्दा बाराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए ।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिरसँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल, उहाँका दर्जनौँ घर डुबानमा परेका छन् । बाराहीस्थानमा पुलको मुख नै थुनिएपछि स्थानीय र जनप्रतिनिधिले पुलमुनि थुनिएका सामग्री निकालेका थिए ।

भक्तपुर वडा १ का सल्लाघारी क्षेत्रमा रहेको बस्ती र इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पु-याएको जानकारी दिए।

यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् । बालकोटको चारदोबाटो क्षेत्रभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् । बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिए ।

बालकोट वडा नं. २ हाइटका बस्ती समेत डुबानमा परेका छन् । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बङ्गलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिए । कौशल्टार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ ।

त्यस्तै सूनपा वडा नं. ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डुबानमा परेको छ । कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिनुभयो । यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको र भौतिक क्षति भएको उनले जानकारी दिए ।

गणेधारा टोल सुधार समितिका अध्यक्ष अनिता पाण्डेले घट्टेखोलामा लगाएको पर्खालसमेत भत्काएको र अचानक बस्तीमा पानी पसेपछि आवतजावत गर्नसमेत रोकिएको जानकारी दिइन् । बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौँको भौतिक क्षति भएको उनको भनाइ छ ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पु-याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् । हनुमन्ते करिडोर बनेको क्षेत्रमा विगतका वर्षमा डुबानमा परे पनि यसवर्ष डुबानमा परेन ।

Loading comments...

आजको समाचार

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

साताका लोकप्रिय समाचार

देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ । पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने...

गैह् आबासीय नेपाली संघको १० औं ग्लोवल सम्मेलन अक्टोबर २३-२५ मा हुने

  काठमाडाैं ।  गैह्र आबासीय नेपाली संघको १० औं ग्लोबल सम्मेलन एबं साधारण सभा आयोजना हुने मिती निश्चित भएको छ । शनिबार सम्पन्न ७८ औं...

अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

  काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।  मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

ट्रेन्डिङ

खानेपानी प्रमुखसहित ६ विरुद्ध दुई करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख...

पर्वतीय खेलकुदको कार्यविधि तयार

काठमाडौं । बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले वार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?