Saturday, May 15, 2021
Home कला ‘साम्राज्ञीलाई खानापानमा विभेद गरेको छैन’

‘साम्राज्ञीलाई खानापानमा विभेद गरेको छैन’

,

काठमाडौं । अभिनेता भुवन केसी निर्मित चलचित्र ड्रिम्सको छायांकनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समयमा खान नपाएको, आफूलाई सेटमा छाता र कुर्सी नदिएको जस्ता विभिन्न टिप्पणी गरेकी छन् । सो फिल्मको आफू निर्देशक भएको र कलाकारलाई खान दिए-नदिएको जिम्मा प्रोडक्सनले लिएको अभिनेता भुवन केसीले बताए ।

निर्माता अभिनेता भुवन र अभिनेत्री साम्राज्ञीबीचको यो आरोप–प्रत्यारोपको चेपुवामा प्रोडक्सन म्यानेजर गणेश उप्रेती अहिले परेका छन् । नायिका साम्राज्ञीले यस्तो आरोप लगाएकोमा सो चलचित्रका प्रोडक्सन म्यानेजर गणेश सापकोटाले दुःख व्यक्त गरेका छन् । सोमबार राजधानी दैनिकसँग कुरा गर्दै उनले भने, ‘सो चलचित्रमा कलाकारलाई खाना मात्र हैन, अप्पर मुस्ताङमा छायांकन हुँदासमेत कलाकारको मागबमोजिम खाना खुवाएकाे छु । तर, एक जना नायिकाले मेरो प्रोडक्सन निगरानीमा राम्ररी खान पाएन, छायांकन स्थलमा अनमोलभन्दा मलाई भेदभाव भयो भन्नु मिथ्या कुरा हो ।’

दुई सातादेखि भुवन र साम्राज्ञीबीचको आरोप–प्रत्यारोपसँगै आफूमाथि लागेको आरोपले सुत्न नसकेपछि हेटौंडाबाट मिडियामा बोल्न काठमाडौं आएको सापकोटाले स्पष्ट पारे ।

सो चलचित्रमा साम्राज्ञीलाई उनका मामा एवं निर्माता कलाकार रवि बस्नेतले ल्याएको सापकोटाको कथन छ । फिल्मको एक तिहाइ छायांकन हुँदासमेत साम्राज्ञीको मामा बस्नेत नै निर्माता भएको जनाउँदै सापकोटाले भने, ‘फिल्ममा सुरुमा बस्नेतलाई नै निर्माता भनेर चिनाइयो र उहाँले सुरुको मुस्ताङको छायांकन र दोस्रो चरणको पोखराको छायांकनका खर्च तिर्न नसकेपछि भुवन केसी निर्माताका रूपमा प्रस्तुत भएर फिल्मका छायांकन सम्पन्न गरेका हुन् ।’ सुटिङका लागि लगेको एक दर्जन छाता मुस्ताङको छायांकनमा दोस्रो दिनमै सबै हावाले भाँचेपछि त्यहाँ छाता ओढाउन नसकेको उनले बताए, ‘त्यहाँ मान्छे उडाउने हावा चलेका कारण अनमोल, साम्राज्ञी र अरू कलाकार कसैलाई पनि पछि छाता ओढाउन सकेनौं ।

समयमा खाना खुवाउने, छाता ओढाउने भनेर अनमोल र साम्राज्ञीलाई एकएक जना सहयोगी केटी दिइएको थियो । अर्कोतर्फ साम्राज्ञीको खानपिन र केयरको जिम्मा त्यतिबेला उहाँकै मामा रविजीले लिनुभएकाले मलाई किन यस्तो आरोप लगाइयो भन्ने बुझ्न सकेको छैन ।’

करिब १ सयवटा चलचित्रको प्रोडक्सन आफूले हेरेको र अहिलेसम्म कुनै पनि कलाकार प्राविधिकलाई छायांकनको क्रममा खानपिनमा कुनै भेदभाव नगरेको पनि गणेश सापकोटाले बताए, ‘कलाकार र प्राविधिकलाई समयमा खान नदिँदा उनीहरू कमजोर र बिरामी हुन्छन्, जसका कारण चलचित्रको छायांकन नै रोकिन्छ । त्यसैले, हामीले कलाकारलाई समयमै खाना खुवाउने र उहाँहरूलाई आराम गराउनेमा समेत ध्यान दिन्छौं,’ उनले अगाडि थपे, ‘सुटिङमा कलाकारलाई छाता नओढाउँदा घाम र पसिनाको कारण मेकअप बिग्रने र चलचित्रको दृश्यमा असर पर्ने भएकाले कलाकारको स्वास्थ्यसँगै मेकअप जोगाउन पनि छाता ओढाउनुपर्ने हुन्छ ।’ जोमसोममा आफूले कुनै पनि कलाकारलाई छाता ओढाउन नसके पनि पोखरामा आएपछि सबै कलाकारलाई सुटिङमा छाता ओढाएको पनि उनले स्पष्ट पारे । आफूले चलचित्र ड्रिम्सको छायांकनमा कलाकारलाई हरेक स्थानमा बस्न कुर्सी उपलब्ध गराएको र कोही पनि जमिनमा बस्नु नपरेको पनि उनले दाबी गरेका छन् ।

फिल्म निर्माण भएर दर्शकमाझ आएको ६ वर्षपछि अभिनेत्री साम्राज्ञीले के कारणले आफूलाई सो फिल्मको छायांकनमा विभेद भएको आरोप लगाउनुभयो सो बुझ्न नसकेको पनि सापकोटाले बताए । रवि बस्नेतले लगानी नगर्ने भन्दै सो फिल्मबाट बाहिरिएपछि एक महिना फिल्म रोकिएको र त्यसपछि भुवन केसीले निर्माणको जिम्मा लिँदाको घटनालाई स्मरण गर्दै उनले भने, ‘फिल्म पुन सुटिङ भएको तीन दिनसम्म पनि नायिका साम्राज्ञी छायांकनमा नआएपछि हामीले कारण सोध्दा ५ लाख रुपैयाँ अरू पैसा थपेपछि मात्र सुटिङमा आउने कुरा उहाँले गर्नुभयो । सुरुको सम्झौताविपरीत उहाँले थप पैसा माग्दा काम रोकियो ।’ त्यसपछि आफूहरूले थप १ लाख रुपैयाँ दिएर अनुरोध गरेपछि साम्राज्ञीले बाँकी छायांकन सम्पन्न गरेको पनि सापकोटाले बताए ।

छायांकनको क्रममा अभिनेत्री साम्राज्ञीले विशेष र फरक खानाको माग कहिल्यै नगरेको र जस्तो समस्या भए पनि आफूलाई बताउने गरेको पनि सापकोटाले दाबी गरे, ‘उनको कुशल अभिनय र मसँग आफ्ना समस्या सुनाउने बानीले गर्दा मैले तिमी अब नेपालकी उत्कृष्ट नायिका हुन्छांै भनेको थिएँ । ड्रिम्सपछि आजसम्म पनि उनी स्टार अभिनेत्रीको रूपमा चलचित्र क्षेत्रमा चिनिएकी छन् ।’ अहिलेको जस्तो अनावश्यक टीकाटिप्पणी र विवादमा नफसी अघि बढ्ने हो भने साम्राज्ञीको भविष्य नेपाली चलचित्रमा अझ राम्रो रहेको पनि सापकोटाले राजधानीलाई बताए ।

यसअघि असावधानीवस नशालु पदार्थ र गाँजा समेत खुवाएकाे छु भन्ने वाक्यांश परेकाले सच्याइएकाे छ :सम्पादक

(Visited 194 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

ट्रेन्डिङ

बैतडीमा २ जना मृत फेला

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेकाछन् । मेलौली नगरपालिका ६, हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३...

यसरी सञ्चालनको तयारी हुँदै छ चन्द्रागिरि केवलकार

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउनलाई सरकारले गत १ असारबाट केही खुकुलो बनाएसँगै अहिले काठमाडांैको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा...

पार्टी फुट्दा मुटु चिरिएको अनुभव गरेको छु : दीनानाथ शर्मा

काठमाडौँ । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौँ अधिवेशनका क्रममा मन्तव्य...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

सेनालाई आइसोलेसन रेखदेखको जिम्मा

काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या दिनहुँ तीव्र रूपमा थपिन थालेपछि काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड व्यवस्थाको तयारी थालेको छ । प्रधानमन्त्री निवास...

लकडाउन कार्यान्वयन गर्न सातै प्रदेशका प्रहरीलाई आइजिपी ज्ञवालीको निर्देशन

काठमाण्डाै‌ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय...

अफगान सरकारद्धारा १५०० तालिबान लडाकू हिरासतमुक्त

काबुल।  अफगान राष्ट्रपति असरफ घानीले बुधबार बिहान एक आदेश जारी गर्दै तत्काल एक हजार ५०० तालिबान लडाकूलाई हिरासतमुक्त गर्ने घोषणा गर्नु भएको छ ।...

लहठी बालामा मिथिला जादु

‘मैले दुई जोडा मिथिला चित्रकला लहठी आजै किनें,’ जनकपुरधाम–५ की रञ्जिता मण्डलले सुनाइन् । उनीसँगै छिमेकी रतिया देवीले पनि लहठी र वाला किनिन् ।...

लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो : रामचन्द्र पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले सरकार नागरिक...

नेपाललाई तीन स्वर्णसहित ११ पदक

काठमाडौं । फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ । तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३...

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)