Saturday, May 15, 2021
Home प्रदेश प्रदेश ३ पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

,

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, ‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए । उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।’ अन्य खुला रहेका सडक प्रयोग गर्न उहाँले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

(Visited 172 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

साताका लोकप्रिय समाचार

भाेज खाँदा खाँदै बेहुला पक्राउ

पर्वत ।  जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने...

बामदेव गौतम भन्छन् ‘झलनाथ, माधवले नयाँ पार्टी बनाए म त्यसमा सामेल हुन्छु’

काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति...

ट्रेन्डिङ

फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा

काठमाडौं । फोर्ड नेपालका लागि आधिकारिक बिक्रेता जिआ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इको–स्पोर्ट गाडी बजारमा ल्याएको छ । भारत स्टेज भीआईमा आधारित २०२०...

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि...

समयसापेक्ष लोकतान्त्रिक अभ्यास

वर्तमान विश्व राजनीतिमा लोकतन्त्रले ठूलो प्रभाव परिराखेको छ । तानाशाह, साम्यवादी, सर्वसत्तावादी सबैले आफूलाई लोकतन्त्रवादी भएको दाबी गरिराखेका छन् । तर, व्यवहारमा नै लोकतन्त्रको...

सानको साधन बन्यो सवारी पास

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले...

गण्डकीमा ५ जना कोरोना संक्रमित डिस्चार्ज

पोखरा । पोखरामा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये ५ जना पुरुष निको भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको...

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । सरकार गठनको दुई...

फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म...

पूरा हुँदै मेलम्ची सपना, सुरुङमा पानी भर्न थालियो

काठमाडौँ । तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न...

किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताइन् । खाद्यका लागि...

रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित

काठमाडौं । विश्वको दोस्रो अग्लो र कठिन मानिएको के–२ हिमालको सफल ओरोहीलाई रोटरी क्लब अफ दरबारमार्गले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा निर्मल पुर्जा,...

छोरीले गरिन् आमाको दाहसंस्कार

महेन्द्रनगर । हिन्दु समाजमा नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको बेला कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडा टोलकी बिस्ना देवी...

भोजपुरका सबै पालिकामा सुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’

भोजपुर । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहिन दलित, भूमिहित सुकुम्बासी र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)