Thursday, August 5, 2021
HomeBreaking Newsकेरुङ छ्यो ताल फुट्ने जोखिम कायमै, भोटेकोशी र सुनकोशीका तटीय क्षेत्रमा सतर्क...

केरुङ छ्यो ताल फुट्ने जोखिम कायमै, भोटेकोशी र सुनकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

,
sharethis

सिन्धुपाल्चोक । चीनको खासा नजिकै नेलम कन्ट्रीमा रहेको केरुङ छ्यो ताला फुट्ने सम्भावना कायमै रहेकाले नदी क्षेत्रका स्थानीयलाई सुरक्षित हुन सिन्धुपाल्चोकको स्थानीय प्रशासनले पुन आह्वान गरेको छ । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने सम्भावना रहको भन्दै स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन हिजोदेखि स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हिजो साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको थियो। सोमबार राती वर्षा कम भएपछि ताल फुट्ने खतारा टरेको थियो तर चीनको नेलम कन्ट्री सरकारको प्रशासनले आज बिहान पनि नेपालका अधिकारीहरुलाई जोखीम कायमै रहेको जानकारी गराएको थियो । ‘आज बिहान पनि चिनियाँ प्रशासनले ताल फुट्न सक्ने खतरा रहेको भनेर जानकारी आएको छ, हामीले हिजो जुन सूचना जारी गरेका थियौ आज पनि त्यो कायम नै छ’, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने ।

चिनियाँ अधिकारीहरुले हिजो बेलुकी मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको प्रजिअ ढकालले जानकारी दिए । खासा क्षेत्रमा उच्च वर्षा भइरहेकाले भोटेकोसी नदीको साथै स्थानीय खोल्सीमा वहाव बढेको समेत जनाएको प्रजिअ ढकालले जानकारी दिए । ‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने चिनियाँ प्रशासनले भनेको छ’, उनले भने । केही दिन देखिको भारी वर्षा चीनको तिब्बत क्षेत्रमा पनि भएकाले त्यहाँ रहेका तालहरु फुट्ने उच्च जोखिममा रहेको छ ।

चीन सरकारले तालहरु फुट्न सक्ने जानकारी दिएपछि स्थानीय प्रशासनले ताल तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाका स्थानीयलाई सचेत हुन आग्रह गरेको थियो ।

स्थानीय प्रशासनले नदी आसपासका स्थानीयलाई सुरक्षीत हुन आग्रह गर्दे पटक पटक माइकीङ समेत गरेको थियो । तिब्बतमा रहेको ताल फुट्ने सूचना आएपनि नदी क्षेत्रका स्थानीय हिजोदेखि नै सुरक्षीत स्थानमा गएर बसेका थिए । नगरपालिकका स्थानीयलाई आफुहरुले सुरक्षीत स्थानमा गएर बस्नका लागि भनेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । तिब्बतमा रहेको हिमताल फुटेमा नेपालमा बाढी आउन कम्तीमा ५ देखि १० घण्टासम्म लाग्न सक्ने मौसमविदहरुले अनुमान गरेका छन् ।

(Visited 1,104 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

अवसरवादीलाई वहिष्कार गरौं

राजनीतिक अवसरवादी यानेकी ‘राजनीतिक भतुवा’ शब्द सुन्नमै अशिष्ट छ । कसलाई राजनीतिक भतुवा वा अवसरवादी भनिएको हो भन्ने कुराले धेरैलाई आश्चर्य पनि लाग्न सक्ला...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन...

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

ट्रेन्डिङ

भद्रपुर-काठमाडाैकाे हवाई भाडा १३९५

झापा ।  झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा...

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)