Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ३नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

,

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । दराईले भने, ‘माथि २५० मिटर जतिबाट पहाडै खसेको छ ।’ करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उनले जानकारी दिए । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ । साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ ।

सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।

Loading comments...

आजको समाचार

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

साताका लोकप्रिय समाचार

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ ।    मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले)...

राजनीतिक ध्रुव परिवर्तनको संकेत

देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ । यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा...

अब सहजै रुपमा खोप लगाउन पाइने

  काठमाडौं । सरकारले लक्षित सबै नागरिकलाई खोप लगाउने योजना तयार गरेको र सोहीअनुसार खोप अभियानलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ । खोप अभियान...

अल्बर्ट आर्सनलमा अनुबन्धित

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ । आर्सनलले बेल्जियन क्लब एन्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि...

ट्रेन्डिङ

अर्थ सचिवमा ढुंगानाको सरुवा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ । मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको हो । तत्कालीन...

कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?