बझाङ । सुदुरपश्चिम प्रदेशसभा सदस्य देबकी मल्ललाई गाउँ जान नदिनका लागि विप्लब समुहले बाटोमा शंकास्पद बस्तु राखेकोे छ । दुर्गाथली गाँउपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागि जाने कुरा जानकारी पाएपछि विप्लब समुहले वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा बिच सडकमा पर्खाल लगाई कालो प्लाष्टिकमा तार बेरीएको अवस्थामा संङ्कास्पद बस्तु राखेको घटनास्थलबाट सांसद देबकी मल्लले जानकारी दिइन् । उनले उक्त शंकास्पद वस्तु बम भएको हुन सक्ने आसंङ्का गरेकी छन् ।
प्रदेशसभा सदस्य मल्ल्का अनुसार आफुसहित आफुसंगै रहेका ८/१० जनाको समुहको टोली अहिले सुरक्षित रहेको जानकारी दिए । संङ्कास्पद बस्तुमा कार्यक्रममा जान नपाइने समेत लेखीएको बुझीएको छ । घटना स्थल तर्फ अहिले जिल्ला बाट नेपाल आर्मीका मेजर तारा खड्काको नेतृत्वमा टोली खटी गएको छ ।