Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश २ सप्तरीमा एकैदिन स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण

सप्तरीमा एकैदिन स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण

संक्रमित मृतक र आफन्तको सम्पर्कमा आएकाहरुमा पनि कोरोना

सप्तरी । कोरोना संक्रमणबाट गत बिहीबार मृत्यु भएका राजविराज ६ निवासी ७३ वर्षीय एक व्यवसायीको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुधबार गजेन्द्र नारायण सिंह अस्पताल तथा बिराटनगरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले कोरोना संक्रमणको रिपोर्टबाट गत बिहीबार निधन भएका राजविराजका प्रतिष्ठित व्यवसायीको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गजेन्द्र नारायणसिंह अस्पताल हाताभित्र संचालित पोषण गृहकी एक महिला स्वास्थ्यकर्मीसहित राजविराज नगरपालिका वडा नं. २, ३, ६ र ७ का ६ महिला तथा ६ पुरुष तथा जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक पुरुष गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमित हुनेहरुमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत एक जना सफाईकर्मी पनि रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । कोरोना संक्रमणबाट निधन भएका व्यवसायीका परिवारका ५ जना सदस्य, दुई जना कामदार र दुई जना छिमेकीमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणबाट मृत्यु भएका तथा उनका परिवारजनको सम्पर्कमा रहेकाहरु कतिपयको परिक्षण रिपोर्ट नआएको तथा परिक्षण नै नगराई कतिपय खुल्ला रुपमा डुलिरहेको बुझिएपछि नगर क्षेत्रमा त्रास फैलिएको हो । मृतकको सम्पर्कमा आएका तथा मृतक परिवारसँग भेटघाट गर्न गएकाहरुमा समेत ठूलो संख्यामा संक्रमणको पुष्टि भएपछि राजविराजमा खैलाबैला मच्चिएको छ । कममात्रामा परिक्षण भएपनि जिल्लामा हालसम्म ४ सय ४ जना संक्रमण देखिसकिएको र दिनहुँ संक्रमित फेला पर्न थालिएपछि पिसिआर परिक्षणको दायरा बढाउन र लकडाउनमा कडाई गर्न स्थानियले माँग गरेका छन् ।

यो पनि पढ्नुहोस   इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

यता गजेन्द्र नारायण सिंह अस्पतालका सफाइकर्मी तथा सोही अस्पताल हाताभित्र संचालित पोषण गृहका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइन र पोषण गृहलाई सिल गर्ने तयारी थालिएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

यस्तै संक्रमित पुष्टि भएका एक दम्पत्तिकी छोरी सनराईज बैंकमा कार्यरत रहेकाले उक्त बैंक पनि सिल गरिएको छ । पछिल्लो दुई दिनमा संकलित २ सय ५१ जनाको पिसिआर रिपोर्ट आउन अझै बाँकी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।

नगरमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखी नगर क्षेत्रभित्र पूर्ण लकडाउनको घोषणा गरी सोको पालना गर्न एक सूचनामार्फत आग्रह गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले नगर क्षेत्रमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अनिश्चितकालका लागि पूर्ण लकडाउनको निर्णय गरिएको बताए । उनले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको उच्च जोखीम देखिएको बताउँदै सबैलाई सचेत र उच्च सतर्कता अपनाउन सूचना मार्फत अपील समेत गरेका छन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

साताका लोकप्रिय समाचार

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

तुलसीपुर । शिकार खेल्न गएका तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३...

सार्थक कूटनीतिक प्रयासको खाँचो

लामो समयदेखि विवादित रहँदै आएको नेपाल भारतको सीमा समस्या उच्चस्तरीय कूटनीतिक प्रयासबाट हल खोजिनु राम्रो कुरा हो । यसले दुवै देशका बीचमा कूटनीतिक स्थायीत्व...

ट्रेन्डिङ

चालू बजेटको महत्वाकांक्षा र कार्यान्वयनको आशंका

चालू आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको संघीय सरकारको बजेट जारी भएको छ । यो बजेट २०७७ साउन...

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

लन्डन । बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । केही दिनअघि खोप लगाएका...

टिकाकाे दिन काेरियामा उदयपुरका राइकाे निधन

साेल । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत...

पिसिआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश गर्न नपाइने

  कर्णाली ।  कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा...

जुम्लाको सिमि भन्दै नक्कली उत्पादन बिक्री गर्नेले जुम्लाका किसान मारमा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मिका सुर्य बुढा दुई वर्ष अघि गाउँको अर्गानिक उत्पादन सिमि र स्याउ लिएर सुर्खेत पुगे ।...

बैतडीमा ३२५ कोरोना संक्रमित मध्ये ४ जना मात्रै सक्रिय

बैतडी । बैतडीमा ३२५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३२१ जना घर फर्किसकेका छन् । जिल्लामा हाल ४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका...

अमेरिकी निर्वाचन : बाइडेन जीत नजिक

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन जीत नजिक पुगेका छन् । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै...

उद्धार गरी क्वारेन्टाइन लैजाँदै गरेको टिपर दुर्घटना, टिपरमा झण्डै ४० जना थिए

काठमाडौं । कालिकोटको राजकोट नगरपालिकाको लालीघाट भन्ने ठाउँमा केहीबेरअघि टिपर दुर्घटना भएको छ । नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

भर्खरै

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

धेरै पढिएका

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४३५ पुगेको...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

रोल्पाको जीला खोलामा दुई पुरुषको शव फेला

तुलसीपुर । रोल्पामा दुई पुरुषको शव फेला परेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ जीलाखोलामा ३/४ मिटर दूरिको फरकमा दुई पुरुषको शव फेला परेको...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । बेदकोट नगरपालिका वडा नम्बर...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

(Visited 90 times, 1 visits today)