अमरगढी नगरप्रमुखमाथि दुर्व्यवहार गर्ने प्रहरी नियन्त्रणमा

डडेल्धुरा । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार गर्ने नेपाली काग्रेसका नगर सभापति दानबहादुर पाललाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको तुफानडाडा चोकदेखी अस्पतालसम्मको सडक फराकिलो गर्ने बिषयमा डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी रहेका पालले नगरप्रमुख ओझालाई गाली गलौच र दुर्व्यवहार गरेका थिए ।

तुफानडाडा चोकमा घर भएका पाल घर निर्माण प्रक्रियादेखी नै विवादमा आएका स्थानियले बताएका छन् । सार्वजनिक स्थलमा रहेको जग्गा आफ्नो नाममा रहेको भन्दै घर निर्माण गर्ने पालको जमिन माथी छानविन गर्नुपर्ने अमरगढी नगरपालिका वडा नं ५ का अध्यक्ष खेमराज पाठकले बताएका छन् ।

बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको विषयलाई लिईर काग्रेस नगर सभापति पालले उक्त बैठकमै नगर प्रमुख ओझा माथी गालीगलौच गरेको बैठकका सहभागीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार नै लिखित उजुरी दर्ता गरिएको भएपनि उनलाई प्रहरीले बुधबार मात्रै पक्राउ गरेको थियो । जिल्ला सदरमुकाममै रहेका व्यक्तिलाई प्रहरीले घरमा नभेटाएको भन्दै बुधबार पक्राउ गरेको थियो । सार्वजनिक कार्यक्रममै अपमान गर्ने व्यक्तिका विरुद्ध उजुरी दर्ता गराउदा पनि प्रहरीले एक दिन ढिला गरि पक्राउ गर्नु प्रहरी प्रशासनको कार्यशैली पनि ठिक नभएको एक जना वडा अध्यक्षले बताएका छन् ।

आफुमाथि बैठक संचालनकै क्रममा पालले दुव्र्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका प्रमुख ओझाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपि न्यौपानेले बताए । अस्पताल सडकको आसपासमा रहेका घरधनीहरुसँग छलफल भईरहेका समयमा पालले बैठकलाई उत्तेजित पार्नुका साथै सडक फराकिलो पार्ने बिषयमा आफ्नो असमती रहेको समेत बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?