Sunday, May 9, 2021
Home अर्थ विमानस्थल नियमित हवाई उडानमा जुट्यो

विमानस्थल नियमित हवाई उडानमा जुट्यो

१ भदौबाट दैनिक १५ अन्तर्राष्ट्रिय र ४० आन्तरिक उडान हुने

,

काठमाडौं । कोरोना महामारीका कारण बन्द व्यवसायिक उडान नियमित गर्न सरकारले अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन नियमित हवाई उडान सञ्चालन तयारीमा जुटेको छ ।

आगामी १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालय महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना संक्रमण जोखिम हेरेर दैनिक १५ वटासम्म उडान भर्नसक्ने अवस्था छ । ‘डिपार्चर’ र ‘अराइभल’का लागि सामान्य अवस्थाभन्दा केही बढी समय लाग्ने भएकाले पहिलो चरणमा सीमित उडानबाट विमानस्थल सूचारु गरिने तयारी भइरहेको उनले बताए ।

सरकारले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आगामी १ भदौदेखि नियमित व्यवसायिक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो ।

विमानस्थलले १ भदौपछि दैनिक ‘कति उडान भर्ने ?’ भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर, संक्रमण जोखिम ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान भर्न सम्भव नदेखिएको केसी बताउ“छन् । यसैगरी, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान भर्न सम्भव हुने उनले बताए ।

विदेशी यात्रुले उडान समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल पुगिसक्नुपर्नेछ । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।

विमानस्थल कार्यालयमा महाप्रबन्धक केसीले स्वास्थ्य सुरक्षा अपनाउन विशेष साधनस्रोत बढाउनुपर्नेमा जोड दिए । विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमण जोखिम कम गर्नका लागि साधनस्रोत थप्नुपर्ने उनको माग छ ।

देशभित्रका अन्य आन्तरिक विमानस्थल पनि उडानका लागि तयारी अवस्थामा छन् । देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिने जनाइएको छ । कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका ‘पोर्टोकल’ पूर्ण रूपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको केसीको दावी छ ।

वायुसेवा सञ्चालक कम्पनीले पनि विमान सेवा सञ्चालनको सम्पूर्ण तयारी गरिसकेका छन् । सरकारले यसअघि नै कारोना जोखिम नसकिएसम्मका लागि हवाई उडान सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा निर्देशिका जारी गरेको थियो ।

(Visited 230 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

साताका लोकप्रिय समाचार

नगरप्रमुखले रिबन काटेर अस्पताल उद्घाटन गरे, उपप्रमुख भर्ना भइन्

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरपालिकाकै उपप्रमुख पहिलो संक्रमितको रुपमा भर्ना भएकी छन् । दुई दिन अघि...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

मिस युनिवर्समा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान...

ट्रेन्डिङ

बैतडीका सबै कोरोना संक्रमित डिस्चार्ज

बैतडी । बैतडीका सबै कोरोना संक्रमित व्यक्तिहरु घर फर्किसकेका छन् । २९७ जना कोरोना संक्रमितमध्ये सबैजना घर फर्किसकेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति...

तीन मन्त्री थपिए, पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री थपेका छन् भने केहीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले...

अनिश्चित समयका लागि डडेल्धुरा जिल्ला सदरमुकाम सिल

डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना संक्रमण बढेसंगै जिल्ला सदरमुकाम क्षेत्रलाई अनिश्चित समयका लागि सिल गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना...

मौसमका कारण इलाम आएनन् प्रधानमन्त्री ओली, निरास बन्दै फर्किए स्थानीय

इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो...

सीमामा उठेको प्रश्न र कालीनदी

भारतले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमण नयाँ घटना होइन । यो सुगौली सन्धिसँगै पेचिलो भई बल्झिँदै आएको हो । सन् २०२० मे...

मुस्लिम महिला यसरी सम्झन्छन् दिल्ली दंगा

नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीको पूर्वोत्तर क्षेत्रमा भएको हिंसामा ४० जना बढीको मृत्यु भयो । यो हिंसामा हिन्दू र मुस्लिम दुवै धर्म...

धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू...

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१...

राष्ट्र्रिय झण्डामा आगो लगाएर युट्युबमा भिडियो पोष्ट गर्ने ८ जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डामा आगो लगाई जलाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा प्रसारण गरेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

नेपालीको उद्धार गर्ने चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

काठमाडौँ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

कोरोनाविरुद्ध लड्न सार्क मुलुक एकजुट

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न दक्षिण एसियाली राष्ट्र (सार्क) एकजुट भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली राष्ट्रको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)