Tuesday, March 2, 2021
Home बिचार खुला हुँदा अझ बढी होसियार रहौं

खुला हुँदा अझ बढी होसियार रहौं

सरकारले लगभग चार महिनापछि लकडाउन पूर्ण रूपमा खुला गरे पनि कोरोना महामारीको संक्रमण कम हुने देखिएको छैन । लकडाउनले जनजीवनलाई सामान्यीकरण गर्न ठूलो मद्दत गरेको छ । तथापि, सचेतनाको अभाव रहने हो भने कोरोना महामारी दिन दुई गुना र रात चौगुना वृद्धि हुन सक्ने त्रास पनि उत्तिकै बढेर गएको छ । महामरीको विपद्भन्दा पनि खान नपाएर भोकले मर्ने अवस्था सिर्जना हुन गयो भन्ने महसुस भएपछि मानवीय संकट समाधानका लागि यसो गरिएकोमा सचेत जनसमुदाय अनभिज्ञ देखिदैनन् । तर पनि कमजोरी र लापर्बाहीका क्षणले जीवन ध्वस्त र चौपट बनाउन सक्छ ।

आफूलाई आत्मानुशासनमा राख्ने मानिसको आनीबानीमा धेरै रूपान्तरण आएको छैन । केही अराजक र स्वेच्छाका काम यस्ता महामारीमा घातक सिद्ध हुन सक्छन् । यसबारे एक सेकेन्ड पनि आत्मसंयम र आत्मानुशासन गुमाउनुहुँदैन । महामारी व्यक्तिगत रोग होइन, यो त एकबाट अर्कोमा आगोका लप्काझैं सर्दै र संक्रमण गर्दै अघि बढ्छ । यसले आफ्ना र पराई भनेर कसैलाई छुट्याउँदैन पनि ।

त्यसैले, कोरोना भाइरसको महामारीबाट बच्न आवश्यक सामाजिक नियम पालना गर्न क्षणभर पनि भुल्नुहुँदैन । व्यक्तिगत रूपमा स्यानिटाइजरको प्रयोग गरिरहने, नाक र मुख पूरै ढाक्नेगरी मास्क लगाउने, सामाजिक दूरी कायम गर्न नभुल्ने, संक्रमणको शंका लागेका अल्छी र लापर्बाही नगरी क्वारेन्टाइनमा जाने र अरूलाई पनि सधैं सतर्क बनाइरहने गर्नु जरुरी छ । अहिलेको खुला गरिएको लकडाउन महामारी घटेर वा नियन्त्रण भएर होइन । बरु जनजीवन सामान्य अवस्थामा ल्याउनका लागि हो । त्यो पनि हामी जनताको भलाइका लागि हो । लकडाउन खुला गर्नु भनेको महामारीको ख्यालै नगरी जे पनि गर्न र जहाँ पनि हिँड्न छुट दिएको लाइसेन्स पटक्कै होइन । यो त आत्मानुशासनभित्र कठोरतापूर्वक तर संयमित भएर जीवन गुजारा गर्नका लागि उपलब्ध गराइएको अवसर हो । यो अवसरको सही रूपमा सदुपयोग गर्दै जीवन सहजीकरणतिर लैजानु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ । यो बुद्धिमत्तापूर्ण कार्य आफंैमा सामूहिक र सामाजिक हुनुका साथै मानवीय पनि हुनेमा शंका छैन ।

हाम्रो छिमेकी देश भारतमा महामारीको संक्रमण दिन प्रतिदिन निकै बढेर गएको छ । त्यहाँ नियन्त्रण होइन, बरु उत्कर्षतिर बढिरहेको छ । लकडाउनमा कडाइको आवश्यकता थप बढेर गएको छ । यस्तो अवस्थामा खुला सिमाना भएको हाम्रो देश बढ्दो महामारी संक्रमणबाट अछुतो रहने त कुरै हुँदैन । जनजीवनलाई सहज बनाउने भनेको आमजीवनलाई संक्रामक र थप जटिल बनाउने भनेको होइन । जहाँसम्म सरकारको नागरिकमाथिको नियन्त्रण कम हुन्छ, नागरिक झन् गम्भीर र बढी जवाफदेही बन्न सक्नुपर्छ । त्यो भनेको हालसम्म हामीले जानीमानी र थाहा पाइआएका अनुशासनका नियम पूर्ण प्रतिबद्धताका साथ पालना गर्नुपर्दछ । स्वास्थ्यसम्बन्धी नियमको पलभर पनि उल्लंघन गर्नुहुँदैन । अनावश्यक बाहिर निस्कने, भिडभाड जम्मा गर्ने, नाकमुख खुल्लै राखेर खोक्दै हिँड्ने र स्यानिटाजरको प्रयोग गर्न बेवास्ता गर्ने नगरौं । खुला हुँदा झन् बढी होसियारी अपनाऔं ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

ट्रेन्डिङ

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

मकवानपुर ।  वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति...

अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा...

कक्षा ११ र १२ गणित अब अनिवार्य समूहमा

काठमाडौं । अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार...

‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा

काठमाडौं । विराटनगर जुट मिलका अध्यक्ष बसन्त बन संचालक रहेको तीन कम्पनीले करिब ६ करोड रुपैयाँको भ्याट छली गरेको उजुरी परेपछि...

सचिवालयको निचोड : सहमतिको विकल्प छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु-याउनुपर्ने निचोड निकालेको छ । शनिबार प्रधानमन्त्री...

नवलपरासीमा कोइला बोक्ने भारतीय गाडी भित्रिदा स्थानीयमा त्रास

नवलपुर । पश्चिम नवलपरासीमा भारतीय मालबाहक ट्रकहरु आउने क्रम नरोकिए पनि स्थानीयमा त्रास छाएको छ । भारतमा कोरोनाको संक्रमण दिनानु दिन बढ्दै...

सम्पादक पण्डितलाई प्रवल जनसेवा श्री पदक

काठमाडौं । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) प्रदान गर्ने भएको छ । सम्पादक पडित संगै यस वर्षको संविधान...

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

दमौली । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)