पर्सामा कोरोनाका कारण एक जनाको मृत्यु

वीरगन्ज । पूर्णरुपमा लडडाउन हटेको २४ घण्टा वित्न नपाउँदै पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी बिशेष कोभिड अस्पताल गण्डकमा उपचारथ उनको गएराति मृत्यु भएको हो ।

योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुने संख्या २ पुगेको छ । कोरोनाका कारण गएराती मृत्यु भएका व्यक्ति वीरगन्जकै स्थानीय माईस्थानका ७० बर्षीय पुरुष रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । लकडाउन पनि हटि सकेको अवस्थामा लक्षण सहितका मानिसको मृत्यु हुन थालेकोले जिल्लाको सुरक्षा सतर्कता थप कडा बनाउने लगायतका बिषयमा बिहान ११ बजेबाट सुरक्षा समितको बैठक बस्ने भएको उनको भनाइ छ ।

मृतकको साउन ६ गते स्वाव संकलन
नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा अस्ती साउन ६ गते मात्र भर्ना गरिएका उनको मृत्यु भएको नारायणी कोभिड बिशेष अस्पताल गण्डकका संयोजक उदय नारायण सिंहले बताए । बिरामी भएर वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचार गराउन पुगेका उनको साउन ६ गते स्वाव संकलन भएको थियो । रिपोर्ट आउँदासम्म ती बिरामीको मृत्यु भइसकेको उनले बताए । बिरामीलाई निमोनियाको लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । पर्सामा यो भन्दा अगाडी एक वेवारिस शवमा कोरोना पुष्टि भएको थियो ।
पर्सामा मृत्यु भइका मृतकको शव व्यवस्थापन गरिसकिएका वीरगन्ज स्थित नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति मदनजंग राणाले बताए ।

अवस्था निकै गम्भिर
मंगलबार अर्थात साउन ६ मा संकलन भएको स्वाव परिक्षण गर्दा १७ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । संक्रमित हुनेहरु अधिकांश स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न नीजि अस्पतालमा उपचारत बिरामीहरु भएको बिशेष कोभिड अस्पताल गण्डकका चिकित्सकले बताएका छन् ।

पछिल्लो समयमा थपिएका संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामीलगायत १७ जना रहेकामा १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्षसम्म उमेर समूहका रहेकामा सबैको स्वाव साउन ६ गते संकलन भएको डा. सिंहले बताए । पर्सामा योसहित अहिलेसम्म १ सय ८३ जना संक्रमित पुष्टि भइसकेका छन् ।

पहिले बाहिरबाट आएका बिरामीमा मात्र संक्रमण देखा परे पनि पछिल्लो समयमा स्थानीय र आफै परिक्षणका लागि आएका व्यक्तिमा समेत संक्रमण देखा पर्न थालेकोले अब अवस्था निकै गम्भिर बन्दै गएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन कुमार उपाध्यायले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार