जसले आफैंले पैसा लुकाए र लुटियो भनेर प्रहरीलाई खबर गरे

जनकपुरधाम । पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार लुटिने व्यक्ति स्वयं रहेको खुलेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं. २ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटपाट गरिएको घटनामा अधिकारी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कपिलेश्वर जलाद पुल नजिक रहेको टिभिएस शो–रुममा कार्यरत तीनैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

शोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरस्थित बैँकमा जम्मा गर्न आउने क्रममा धिरजलाई अज्ञात समुहले रकम लुटी भागेको सूचनाको आधारमा धिरजसँग सोधपुछ गरेर उनीहरुको खोजतलास गर्दा धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ का २१ वर्षीय छोटु झालाई नियन्त्रणमा लिइएको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त शोरुममा काम गर्ने कर्मचारी धिरज कुमार अधिकारी, सुजित मण्डल र छोटु झाले शोरुमलाई झुक्याएर सो रकम आपसमा बाँडफाँड गर्ने सर्तमा योजना बनाई पैसा लुटेको र छोटुको घरमा लुकाई राखेको अवस्थामा प्रहरीको टोली पुग्दा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'