चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

सांकेतिक तस्वीर

बनेपा । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरिएको हो ।

सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ