Thursday, August 5, 2021
Homeप्रदेशभारतको सहयोगमा निर्मित क्याम्पस भवन उद्घाटन

भारतको सहयोगमा निर्मित क्याम्पस भवन उद्घाटन

,
sharethis

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसका विज्ञान भवनको उद्घाटन गरिएको छ ।

नवनिर्मित विज्ञान भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको थियो ।

जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको ४ करोड ४३ लाखमा निर्माण गरिएको थियो ।

नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको हो ।

यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पसलगायत विविध क्षेत्रमा फाइदा पु-याउदै आएको छ । सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७ अर्ब ९८ करोड ७ लाख आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ ।

सन् १९५५ मा स्थापना भएको यस क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस मध्यको एक हो । नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् । यस नवनिर्मित भवनको निर्माणलेस्नातक र विद्यावारिधि तहका झण्डै ७ हजार विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुनेछन् ।

क्याम्पसबाट उत्तीणर््ा धेरै विद्यार्थीहरु मध्ये नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही क्याम्पसकी छात्रा हुन् । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।

नयाँ क्याम्पस भवनको उद्घाटनको अवसरमा क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले क्याम्पसका सङ्काय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको र भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताए ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको छ ।

(Visited 244 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे...

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

ट्रेन्डिङ

इतिहास संरक्षणमा इलाम नगरपालिका

इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकाले देशकै पहिलो चिया कारखान नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक र इलाम चोक बजारमा चिया...

बीमा बापतको रकम हस्तान्तरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)