Saturday, September 26, 2020
Home प्रदेश प्रदेश ३ कोरोना कहर : धमाधम कर्मचारी कटौती गरिँदै

कोरोना कहर : धमाधम कर्मचारी कटौती गरिँदै

काठमाडौँ । कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमेको भन्दै मन्त्रालय मातहतका आधिकांश कार्यालयले आर्थिक मितव्ययीता अपनाउनेदेखि धमाधम कर्मचारी कटौती गरिरहेका हुन् । मन्त्रालयले चालू आवको बजेटसम्बन्धी छलफलमा कोभिडका कारण मन्त्रालयमा हुने अतिरिक्त खर्च कटौती गरिने र विभिन्न शीर्षकमा हुने खर्च व्यवस्थापन र आर्थिक मितव्ययीता अपनाइने जनाइएको थियो ।

पर्यटन मन्त्रालयले पनि फर्निचर, सवारीसाधन खरिद तथा मर्मतजस्ता अतिरिक्त खर्च रोक्ने र राष्ट्रिय महत्वका योजना कार्यक्रमलाई मात्रै प्राथमिकता दिने जनाएको थियो । सोहीअनुरुप मन्त्रालय र यसअन्तर्गतका निकायले खर्च व्यवस्थापन गरी आर्थिक भार कम गर्नेगरी कार्यक्रम अघि बढाएका हुन् । बन्दाबन्दीको करिब चार महिना मुलुकमा विदेशी पर्यटक आगमन ठप्प भएकाले पर्यटन क्षेत्रमा गतिविधि नहुँदा त्यसको प्रत्यक्ष असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोषलगायत निकायलाई परेको छ । उनीहरुले धमाधम अस्थायी र करार सेवाका कर्मचारी हटाएका छन् ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ सम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । सरकारले आगामी भर्दौ १५ देखि होटल, रेष्टुराँ तथा ट्राभल, ट्रेकिङ व्यवसाय खुलाउने भएको छ भने भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस अवधिमा निगमले करार सेवाका १४५ कर्मचारीको नवीकरण गरेन । बोर्डले पनि ४० भन्दाबढी करार सेवाका कर्मचारीको नवीकरण गरेन । कोषले बन्दाबन्दीले आम्दानी नभएको भन्दै व्यापक कर्मचारी कटौती गर्ने जनाएको छ । सरकारी स्वामित्वको निगमले कोभिड–१९ को प्रभावले निगमको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा प्रत्यक्ष असर परी आर्थिक दायित्व बढेको तथा ऋण सहायताबाट खरिद गरेका जहाजको सावा तथा ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था आएकाले तत्कालीन करारमा कार्यरत जनशक्तिलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारेको छ ।

निगम सञ्चालक समितिको बोर्ड बैठकले आवश्यकता र औचित्यताका आधारमा तत्कालीन करार सेवामा कार्य गरेका कर्मचारीमध्येबाट व्यवस्थापन गर्ने नीति लिएको भन्दै अहिलेको कठिनाइप्रति धैर्यतापूर्वक सहयोग गरिदिन अनुरोध गरेको छ । करार सेवाका कर्मचारीको सम्झौता नवीकरण नभएपछि विरोधमा उत्रिएपछि निगम बाध्यात्मक परिस्थितिलाई बुझिदिन आग्रह गरिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगममा करार सेवाका ४७८ कर्मचारी थिए । संस्थामा स्थायी र करार गरी एक हजार ५०० हाराहारी कर्मचारी छन् । यता बोर्डका केही करार र अन्य संस्था ‘थर्ड पार्टी’बाट लिइएका कर्मचारीको नवीकरण गरिएको छैन । बोर्डमा कार्यकारी प्रमुखसहित ६४ दरबन्दी छ ।

यो पनि पढ्नुहोस   दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

पर्यटन मन्त्रालयले फर्निचर, सवारीसाधन खरिदजस्ता विषयमा हुने खर्च कटौती गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले विभिन्न शीर्षकमा हुने खर्च कटौती गरी आर्थिक मितव्ययीता अपनाइएको बताए । पर्यटन मन्त्रालय मातहत ३० निकाय छन् । विभागीयस्तरका सरकारी निकाय दुई पर्यटन विभाग र पुरातत्व विभाग छन् भने दुई कार्यालय प्रतिनिधि अधिकारको कार्यालय र राष्ट्रिय अभिलेखालय रहेका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयमा पनि सरकारी कर्मचारीको व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल माउन्टेन एकेडेमीलगायत निकाय रहेका छन् ।

पर्यटनमन्त्रालय मातहत पाँच राष्ट्रिय गौरवका आयोजना छन् । यीमध्ये प्राधिकरण मातहत तीन आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र निजगढ अन्तरराष्ट्रिय विमानस्थल पर्छन् । यी सबै निकायमा आवश्यकताभन्दा बढी जनशक्ति रहने छैनन् । पर्यटन मन्त्रालयको चालू आवको बजेट रु पाँच अर्ब ६६ करोड १४ लाख रहेको छ । यीमध्ये रु तीन अर्ब ७५ करोड ३८ लाख चालू र एक अर्ब ९० करोड ७६ लाख पूँजिगत रहेको छ । मन्त्रालय मातहत बढी पूँजिगत खर्च हुने निकाय प्राधिकरण हो । विमानस्थल पूर्वाधारमा अर्बौं खर्च हुन्छ । राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्न आर्थिक अभाव नहुने मन्त्रालयले जनाएको छ । नेपाल राष्ट्र बैंकले पनि निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलका लागि रकम अभाव भएमा सहजरुपमा व्यवस्था गरिदिने जनाएको छ । यीबाहेक अन्य निकायमा धेरैजसो कर्मचारीको तलब सुविधामै खर्च हुने गरेको मन्त्रालयले जनाएको छ ।

(Visited 219 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

लगातार दोस्रो दिन प्रदर्शन, डिएसपीलाई गिरफ्तार गर्न माग

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले शुरु गरेको आन्दोलनले विशाल रुप लिएको छ । प्रहरीको ज्यादती बढेको भन्दै बिहीबार...

हेलम्बु गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई दैनिक खाजा भत्ता

हेलम्बु । हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई दैनिक रुपमा खाजा खुवाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हेलम्बु गाउँपालिकाले...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

विद्युत् माग २५ प्रतिशतले घट्यो

काठमाडौं । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव दैनिक विद्युत् खपतमा परेको छ । सरकारले सम्भावित जोखिम कम गर्न गरेको...

ई-पेपर

(Visited 63 times, 1 visits today)