बर्दियामा ६ जना कोरोना संक्रमित थपिए

बर्दिया । बर्दियामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसरा कोरोना संक्रमण पुष्टि हुनेमा राजापुर नगरपालिका वडा नं ८ का ५ जना र ठाकुरबाबा नगरपालिका वडा नं ६ का एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै केहि दिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका व्यक्ति हुन् । घर फर्केयता उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार शनिबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको छ ।

यसैगरि बर्दियामा कोरोना जित्ने दर पनि बढ्दो छ । शनिबारसम्ममा १ सय ९६ जना कोरोना जितेर घर फर्कि सकेका छन । यो कुल संक्रमितको ८६ प्रतिशत हो । जिल्लामा अहिले ३६ जना संक्रमित मात्र उपचारमा रहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्ला विभिन्न क्वारेन्टाइनमा ३६ महिला र १६९ पुरुष गरि जम्मा २०५ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता