Tuesday, June 22, 2021
Home अर्थ तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

बाढीपहिरोको बहानामा उपभोक्ता मारमा

,

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।’

उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपैयाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपैयाँमा बढी खरिद गर्छन् ।

बिचौलियाले १५ रुपैयाँमा किनिएको काँक्रो ६०–७० रुपैयाँमा बिक्री गरिरहेका छन् । वर्षा र बाढीको बहाना बनाएर हरियो तरकारीमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढी मूल्य लिइएको महर्जनले बताए ।

सरकारले बजारमा अनुगमन नगर्दा बिचौलियाको हावी बढेको उनको भनाइ छ । उनले भने, ‘बिचौलिया कम गर्न सरकारले मूल स्रोतमै अनुगमन गर्नुपर्छ । किसान र बजार तहको मूल्य निर्धारण गर्नुपर्छ ।’

कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ ।

खतिवडाले भने, ‘अहिले विभिन्न ठाउँमा पानी परिरहेकाले दैनिक ५ सयदेखि ६ सय मेट्रिक टन मात्र हरियो तरकारी आउँछ । तरकारीको आपूर्ति नै कम हुँदा उपत्यकामा पछिल्लो साता तरकारीको मूल्य बढेको हो ।’

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य बढेको बताए ।

उनले भने, ‘कालिमाटी तरकारी बजारमा तरकारीको मूल्य बढेको बारेमा जान्न खोज्दा व्यापारीहरूले वर्षाका कारण नै मूल्य बढेको बताएका छन् । बिचौलियाका कारण तरकारीको मूल्य बढाइएको पाइएमा हामी कानुनबमोजिम कारबाही गर्छौं ।’

विभागले तरकारीको मूल्यलाई लिएर बजार अनुगमन गर्ने तयारी गरेको महानिर्देशक सुवेदीले बताए । उनले तरकारी बजारमा बिचौलिया भित्रिन नदिनेसमेत बताए ।

(Visited 252 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २१ जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

साताका लोकप्रिय समाचार

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

अधुरै रहेका ती घोषणा

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

तिव्वतको रोडसी खोलाको ताल खुल्यो, तामाकोशीमा बाढी आउने सम्भावना टर्याे

  दोलखा । तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन् । पहिरोले थुनिएका रोडसी नदी चिनिया नागरिकले खुलाएपछि तत्कालका लागि नेपालमा जोखिम टरेको हो...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

ट्रेन्डिङ

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका...

नेकपाको अबको कार्यभार

सत्तारूढ दल नेकपाको आन्तरिक विवादले निकास पाउने चरणमा पुगेको छ । गत ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन ६...

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका...

निगमले बुझायो १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले सरकारलाई आफ्नो १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन बुझाएको छ । सोमबार निगमले यो प्रतिवेदन संस्कृति,...

मत्स्येन्द्रनाथ रथारोहण आज

ललितपुर । कोरोना संक्रमणका कारण अन्योलजस्तै बनिरहेको रातो मत्स्येन्द्रनाथ रथारोहण अन्ततः आज शनिबार हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा मत्स्येन्द्रनाथ पूजारी, पानेजु,...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी...

गर्भवती महिलाको हत्या गरेको आरोपमा पति र सासु पक्राउ

सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको हो । सिरहाको सिरहा नगरपालिका वडा नम्बर –१६ निवासी १९...

ए मेरो हजुर–४ मा दुर्गेश थापा

काठमाडौं । गायक दुर्गेश थापाले राम्रो भूमिका पाएमा चलचित्रमा नायकका रूपमा प्रस्तुत हुने बताएका थिए । यसै क्रममा उनी नयाँ चलचित्र ‘ए मेरो हजुर–४’...

सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने...

श्रीमानको हत्यापछि श्रीमतीले गरिन् आत्महत्या !

काठमाडौं । टोखामा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत भेटिएका हुन् । ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

जनकपुरधाम। आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)