Saturday, September 26, 2020
Home Editor-Picks पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

समय : बिहान ११:४५ बजे
अस्पताल : कीर्तिपुर अस्पताल
बेड : क्याबिनको बेड नम्बर ३
शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि एसिड दुस्मन बन्यो ।

क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ?’ उनलाई दुखाइ कम गर्ने औषधि खुवाइएको थियो । उनको घाँटी, दाइने हात र दाइने गालामा एसिडको असर परेको थियो । आँखामाथि एसिडको असर प्रस्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।

‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।

राजधानीकर्मी अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रेसिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले एसिड छ¥यो, उसले मेरी छोरीको जिन्दगी बर्बाद पारिदियो ।’

उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र जेल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । त्यसलाई एसिड छरेपछि पोल्छ कि पोल्दैन, भन्नुस् त । नानीलाई पोलेको जसरी एसिड छर्नेलाई दुख्छ कि दुख्दैन ।’

पवित्राका भिनाजु देउकर भट्टराईले भने, ‘अहिलेसम्म अस्पतालमा १० हजार रुपैयाँ जम्मा गरेका छौं । आफैं खर्च गरेका छौं । योजनाबद्ध रूपमा एसिड आक्रमण गरिएको हो । पवित्राको घाउ फैलिँदै गएको छ । पवित्राको कपाल काटिएको छ ।’ उनले भोड्काको बोतलमा एसिड राखेर पवित्रामाथि प्रहार भएको बताए ।

यो पनि पढ्नुहोस   नियमित प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै

गत बिहीबार बेलुकी सीतापाइलामा दही र चिउरा लिएर पवित्रा आफ्नो कोठामा फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्दा उनको भेट पहिले सँगैै डल्लुस्थित गार्भेन्टमा काम गरेका साहु मोहम्मद आलामसँग पनि भएको थियो । आलमलाई उनले दाइ भनेर बोलाउने गर्थिन् । उनले बीच बाटोसम्म पवित्रालाई मोटरसाइकल ल्याएर छोडेका थिए । लगत्तैै उनी हिँड्दै आफ्नो कोठातर्फ फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्र्र्र्दा पछाडि फर्केर भोड्काको बोतलमा एसिड राखेर प्रहार भएको आफन्त भट्टराईले बताए ।

लगत्तै मानिसहरू जम्मा भएका थिए । आलमले पवित्रालाई पछ्याउँदै आएका थिए । अभिभावकहरूले पवित्राको पालनपोषण पीडकले गर्नुपर्ने माग गरेका छन् ।

मुलुकी फौजदारी संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विसालु पदार्थ प्रयोग गरी कुरूप पार्न नपाइने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमाना र शरीरका अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने संहितामा उल्लेख छ ।

(Visited 2,123 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

आइसिसी विश्वकप लिग : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको...

किन गएनन प्रधानमन्त्री ओली जनयुद्ध दिवस कार्यक्रममा ?

काठमाडौं । आज फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन...

दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेख । ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२...

नारायणी र राप्ती नदीमा भेटिए पाँच शव

चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको...

ई-पेपर

(Visited 63 times, 1 visits today)