पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

समय : बिहान ११:४५ बजे
अस्पताल : कीर्तिपुर अस्पताल
बेड : क्याबिनको बेड नम्बर ३
शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि एसिड दुस्मन बन्यो ।

क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ?’ उनलाई दुखाइ कम गर्ने औषधि खुवाइएको थियो । उनको घाँटी, दाइने हात र दाइने गालामा एसिडको असर परेको थियो । आँखामाथि एसिडको असर प्रस्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।

‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।

राजधानीकर्मी अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रेसिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले एसिड छ¥यो, उसले मेरी छोरीको जिन्दगी बर्बाद पारिदियो ।’

उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र जेल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । त्यसलाई एसिड छरेपछि पोल्छ कि पोल्दैन, भन्नुस् त । नानीलाई पोलेको जसरी एसिड छर्नेलाई दुख्छ कि दुख्दैन ।’

पवित्राका भिनाजु देउकर भट्टराईले भने, ‘अहिलेसम्म अस्पतालमा १० हजार रुपैयाँ जम्मा गरेका छौं । आफैं खर्च गरेका छौं । योजनाबद्ध रूपमा एसिड आक्रमण गरिएको हो । पवित्राको घाउ फैलिँदै गएको छ । पवित्राको कपाल काटिएको छ ।’ उनले भोड्काको बोतलमा एसिड राखेर पवित्रामाथि प्रहार भएको बताए ।

गत बिहीबार बेलुकी सीतापाइलामा दही र चिउरा लिएर पवित्रा आफ्नो कोठामा फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्दा उनको भेट पहिले सँगैै डल्लुस्थित गार्भेन्टमा काम गरेका साहु मोहम्मद आलामसँग पनि भएको थियो । आलमलाई उनले दाइ भनेर बोलाउने गर्थिन् । उनले बीच बाटोसम्म पवित्रालाई मोटरसाइकल ल्याएर छोडेका थिए । लगत्तैै उनी हिँड्दै आफ्नो कोठातर्फ फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्र्र्र्दा पछाडि फर्केर भोड्काको बोतलमा एसिड राखेर प्रहार भएको आफन्त भट्टराईले बताए ।

लगत्तै मानिसहरू जम्मा भएका थिए । आलमले पवित्रालाई पछ्याउँदै आएका थिए । अभिभावकहरूले पवित्राको पालनपोषण पीडकले गर्नुपर्ने माग गरेका छन् ।

मुलुकी फौजदारी संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विसालु पदार्थ प्रयोग गरी कुरूप पार्न नपाइने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमाना र शरीरका अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने संहितामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 570 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी