Tuesday, January 19, 2021
Home Editor-Picks पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

समय : बिहान ११:४५ बजे
अस्पताल : कीर्तिपुर अस्पताल
बेड : क्याबिनको बेड नम्बर ३
शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि एसिड दुस्मन बन्यो ।

क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ?’ उनलाई दुखाइ कम गर्ने औषधि खुवाइएको थियो । उनको घाँटी, दाइने हात र दाइने गालामा एसिडको असर परेको थियो । आँखामाथि एसिडको असर प्रस्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।

‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।

राजधानीकर्मी अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रेसिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले एसिड छ¥यो, उसले मेरी छोरीको जिन्दगी बर्बाद पारिदियो ।’

उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र जेल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । त्यसलाई एसिड छरेपछि पोल्छ कि पोल्दैन, भन्नुस् त । नानीलाई पोलेको जसरी एसिड छर्नेलाई दुख्छ कि दुख्दैन ।’

पवित्राका भिनाजु देउकर भट्टराईले भने, ‘अहिलेसम्म अस्पतालमा १० हजार रुपैयाँ जम्मा गरेका छौं । आफैं खर्च गरेका छौं । योजनाबद्ध रूपमा एसिड आक्रमण गरिएको हो । पवित्राको घाउ फैलिँदै गएको छ । पवित्राको कपाल काटिएको छ ।’ उनले भोड्काको बोतलमा एसिड राखेर पवित्रामाथि प्रहार भएको बताए ।

यो पनि पढ्नुहोस   डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

गत बिहीबार बेलुकी सीतापाइलामा दही र चिउरा लिएर पवित्रा आफ्नो कोठामा फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्दा उनको भेट पहिले सँगैै डल्लुस्थित गार्भेन्टमा काम गरेका साहु मोहम्मद आलामसँग पनि भएको थियो । आलमलाई उनले दाइ भनेर बोलाउने गर्थिन् । उनले बीच बाटोसम्म पवित्रालाई मोटरसाइकल ल्याएर छोडेका थिए । लगत्तैै उनी हिँड्दै आफ्नो कोठातर्फ फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्र्र्र्दा पछाडि फर्केर भोड्काको बोतलमा एसिड राखेर प्रहार भएको आफन्त भट्टराईले बताए ।

लगत्तै मानिसहरू जम्मा भएका थिए । आलमले पवित्रालाई पछ्याउँदै आएका थिए । अभिभावकहरूले पवित्राको पालनपोषण पीडकले गर्नुपर्ने माग गरेका छन् ।

मुलुकी फौजदारी संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विसालु पदार्थ प्रयोग गरी कुरूप पार्न नपाइने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमाना र शरीरका अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने संहितामा उल्लेख छ ।

(Visited 2,164 times, 1 visits today)
Loading comments...

आजको समाचार

भूकम्पीय पुनःस्थापनामा चुनौती

नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

साताका लोकप्रिय समाचार

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

हनुमानका प्रसंसाले ओली झन झन उग्र हुँदै गए : नेपाल

तुलसीपुर । नेकपा दहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सिंगो देश भष्मासुरबाट आक्रान्त भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको जिल्ला स्तरीय अगुवा...

फैलिदै छन् सहयोगी हातहरु

काठमाडौं । मकवानपुरको देवीटार राक्सीराङको चेपाङ बस्तीका बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कान देखेर फिड दि निड नेपालकी अध्यक्ष किर्तिका राजकर्णिकार भावुक भइन् । उनले...

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

ट्रेन्डिङ

जुनसुकै बैंककाे एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ...

पीएसजी सुपर कप च्याम्पियन

पेरिस । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १०औंपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले मार्सेमाथि २–१...

विपद्मा सरकार फाल्ने कि देखाउने ?

यतिबेला कोरोना कहर यो शताब्दीकै सबैभन्दा ठूलो महामारीका रूपमा देखापरेको छ । दैव लाग्दा कस्तो हुन्छ भन्ने कुरा संसारका सानाठूला सबै मुलुक र धनी,...

आस्थाको डोरी

भक्तबहादुर शाही
यो पनि पढ्नुहोस   नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?
जनैपूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्छ । कर्णाली...

ब्राउन सुगरसहित दैलेखमा दुई जना पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको...

फाेटो पत्रकारलाई मास्क र स्यानिटाइजर सहयोग

काठमाडाैं । फाेटाे पत्रकारकाे सुरक्षालाई मध्यनजर गर्दै स्यानिटाइजर र मास्क उपलब्ध गराएका छन् । आइएमएसका अध्यक्ष दिपक...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

लकडाउन झनै कडा हुने, काठमाडौं उपत्यका छिर्न नदिन सरकारको यस्तो छ रणनीति

काठमाडौं । सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरूबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भर्खरै

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

धेरै पढिएका

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)