बझाङ । बझाङको ताक्लाकोट सडक खन्डमा पहिरो खस्दा सवारि साधन आवत जावत बन्द भएको छ । गएराति परेको बर्षाका कारण ताक्लाकोट सडक खन्डको कपडे र सुनसकोट गरी २ ठाँउमा पहिरो गएको हो ।
सडकमा पहिरो खस्दा सवारिका साधनहरू बन्द भएका छन्। तल्कोटका सदरमुकाम चैनपुरबाट छुटेका सवारी साधन र तल्कोटबाट सदरमुकाम चैनपुरका लागि छुटेका सवारीका साधनबीच बाटोमै नै अलपत्र अवस्थामा रहेको स्थानिय तथा यात्रु मकरराज धामीले जानकारी दिए ।
उनका अनुसार तल्कोट जानका लागि सदरमुकामबाट हिडेका जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर खड्का, जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदीश रोकाया, विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्थानीयलगायत कपडे नजिकै गएको पहिरोका कारण जान सकेका छैनन् । बाटो खुलाउन लागि प्रयास भैरहेको उनले बताए ।