Thursday, May 6, 2021
Home खेल पीएसजीलाई सिजनको दोस्रो उपाधि

पीएसजीलाई सिजनको दोस्रो उपाधि

,

पेरिस । कोरोनाका कारण फुटबल गतिविधि स्थगित भएपछि ११ खेल छँदै फ्रेन्च लिग वानको च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको दोस्रो उपाधिका रूपमा कोपा डि फ्रान्सको उपाधि जितेको छ ।

पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । पीएसजी यसअघि फ्रेन्च लिग वानको च्याम्पियन बनेको थियो । पीएसजीले कोपा डि फ्रान्स १३औंपटक जित्न सफल भएको छ । अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । लिग वानको ११ खेल बाँकी रहँदा फ्रेन्च फुटबल फेडेरेसनले पीएसजीलाई च्याम्पियन घोषणा गरेको थियो । झन्डै चार महिनापछि फ्रान्समा फुटबल फर्कंदा पीएसजीले कोपा डि फ्रान्सको फाइनलमा लिग वान प्रतिद्वन्द्वी सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

स्टेट डि फ्रान्स पेरिसमा शुक्रबार राति भएको खेलमा पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वान मुभमा गरेकोे प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाए पनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको पाँचांै मिनेटमा डेनिस बोउआंगाको प्रहार पोस्टमा लागेर बाहिरिँदा सेन्ट इटिने अग्रता लिनबाट चुकेको थियो ।

२१औं मिनेटमा माकोनको क्रसमा बोउआंगाको हेडरलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाए । २५औं मिनेटमा एन्जल डि मारियाको प्रहारलाई मौलिनले उत्कृष्ट बचाउ गर्दै अर्काे गोल टारे । ३१औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा समेटियो । कप्तान लोइक पेरिनले केलियन एमबाप्पेमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

एमबाप्पे पनि खेल्नै नसक्ने भएपछि ३३औं मिनेटमा सब्सिच्युट गरिएको थियो । ३४औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा मोउरो इकार्डीको प्रहारलाई मौलिनले बचाए । दोस्रो हाफमा पनि पीएसजीले गोलका केही उत्कृष्ट मुभ बनाए पनि थप गोल गर्न नसक्दा नेयमारको गोल नै निर्णायक बन्यो ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

साताका लोकप्रिय समाचार

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

बीरगञ्ज ।  पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज...

यस्ताे लक्षण देखिएमा अक्सिजनकाे आवश्यकता पर्छ

केही समयअघि भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएकामा हाल महाराष्ट्रमा अर्काे परिवर्तित...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

बाँकेमा एकै रातमा चार सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको...

ट्रेन्डिङ

हुलाकी सडकको पनि कायापलट हुँदै

कुनै पनि देशको आर्थिक विकासमा यातायातको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेपालजस्तो भौगोलिक विकटताले भरिएको देशमा सडक यातायातको भूमिका महत्वपूर्ण साबित हुन सक्दछ ।...

जसपामा जिम्मेवारी बाँडफाँट र मर्यादाक्रममा चर्काे विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउने विषयमा विवाद भएको छ । साउन अन्तिम साता सम्पन्न...

टाढा नहुनु है भन्दै आए सुरेश

काठमाडौं । युवा गायक सुरेश लामाले आफ्नो स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है...स्रोतामाझ ल्याएका छन् । उनले यो गीतको भिडियो बुधबार रिलिज गरेका...

वामदेव गाैतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी...

स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट निकासा गर्ने भएपछि यसले कार्यरूप पाओस् भनेर स्थानीय जनताले आशाको नजरले हेर्न थालेका छन् । स्थानीय...

न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

काठमाडौँ । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण...

उम्कन नपाऊन् भागरथीको हत्यारा

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको शवको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएपछि अब उनको हत्याराको खोज तथा अनुसन्धानमा कुनै पनि...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

भाद्र महिना र विभेद उन्मूलन

पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानुन तथा परम्परालाई लिपिबद्ध रूपमा परिमार्जन रूपमा जंगबहादुरको पाला वा २०१० सालदेखि नेपाली समाजले पाएको थियो । त्यसैलाई...

फास्टट्रयाक निर्माण दोस्रो चरणमाः जेठबाट सुरुङ खनिँदै

काठमाडौं । निजगढ काठमाडौंसँग तराई जोड्ने सबैभन्दा छोटो ७२.५ किलोमिटर द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा पहिलो...

डायलासीस गराउने मृगाैलाका ६ जना बिरामीसहित थप १६ मा कोरोना संक्रमण

सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नियमित डायलाइसिस गराउँदै आएका ६ जना मृगाैलाका बिरामी  सहित सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण फेला...

सिल गरिएको भुल्केमा स्वाब नमुना संकल

उदयपुर । सदरमुकाम गाईघाटभित्रै रहेको त्रियुगा नगरपालिका–३ झुल्केस्थित जामे मस्जिदमा आएका भारतीय नागरिकसहित १२ जनामा कोरोना भेटिएपछि त्यहाँ प्रदेश सरकारले स्वाब परीक्षणका लागि नमुना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)