Sunday, April 18, 2021
Home राजनीति काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै

काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै

,

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ ।

समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए ।

सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो ।

यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उनीहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो ।

निजहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ ।

समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ । काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् ।

(Visited 156 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

ट्रेन्डिङ

खाद्यान्न राहत पहुँचवालाको हातमा

काठमाडौं । सरकारले वितरण गरेको राहत पहुँचवालाको हातमा मात्रै पुग्ने गरेको छ । पीडित मजदुर र विद्यार्थी भने राहतबाट वञ्चित नै हुने गरेका...

मन्त्री नेम्वाङको सय दिन : सय दिनमा ९ हजार ५ सय खाल्टाखुल्टी पुरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिमार्जन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको वसन्त नेम्वाङले सय दिनको...

किसानलाई तत्काल मल उपलब्ध गराऊ

वर्षभरि खानका लागि गरिने धान खेतीको उत्कर्ष असार महिनाको पहिलो साता बितिरहँदा पनि किसानका लागि आवश्यक बीउ र मलको व्यवस्था हुन सकिरहेको छैन ।...

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री पोखरेल

धनुषा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् । उनले भने, ‘३५ हजार विद्यालयमध्ये...

अमेरिकी चुनावः ट्रम्मकाे किल्ला ताेडे बाइडेनले

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजयी । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा...

इतिहासकै खराब टिभी बहसमा ट्रम्प र बिडेन

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार पहिला प्रत्यक्ष बहस ‘चर्काचर्की’ का बीच टुंगिएको छ । नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै...

कांग्रेस महाधिवेशन फागुनमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमै १४औं महाधिवेशन गर्ने गरी अन्य तहका अधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । कोरोनाको विश्वव्यापी संक्रमणपछि...

इलामका ४ पालिकाको बजेट सार्वजनिक

इलाम । इलामका चार पालिकाले बजेट सार्वजनिक गरेका छन् । सूर्योदय नगरपालिकाले एक अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७÷७८...

बारामा भारतीय ट्याक्टरसहित नौ लाखको सामान बरामद

बारा । बारा प्रहरीले भारतीय ट्याक्टरसहित भन्सार छलेका नौ लाख बराबरको मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलयले आर्दशकोतवाल गाउँपालिका वडा नम्वर ६...

छ सय वर्ष पुरानो गद्दी बैठकमा यसरी घोषणा गरियो पिर महन्त

भक्तपुर । यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र...

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको...

दाङमा बलात्कारको आरोपमा २ जना पक्राउ

तुलसीपुर । बलात्कार गरेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति ९ बजे घरमा सुतिरहेकी १७ बर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)