Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशमहिलामाथि भएका अपराधका घट्नाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

महिलामाथि भएका अपराधका घट्नाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

,
sharethis

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घट्नाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घट्नामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाईएको घट्ना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पुग्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको र हिट एण्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरिएको र युवतीमाथित एसिड आक्रमणलगायतका घट्नाको विरोध गर्दै माथि उल्लेखित सबै घट्नाका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग गरेको हो ।

दुई वर्षसम्म निर्मला पन्तको हत्यारा किन खोजिएन

कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै घट्नामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा हुँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो पोखिन् । उनले भनिन्,‘आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन् । देशमा कानूनी राज्यको उपहास भएको छ ।’ बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरुको मनोवल बढेको उनको टिप्पणी छ ।

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले यतिवेला आम जनता सचेत हुनुपर्ने अवस्था समेत आएको उनको जोड छ । खतिवडाले हालै ओखलढुंगा स्थायी घर भई काठमाडौंमा बस्ने २२ वर्षीया पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण भएको घट्नाको पनि कडा निन्दा गरिन् ।

उनले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन् । त्यस्तै, आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाह गरेको फैसलाप्रति उनले घोर आपत्ति जनाईन् । सर्वोच्चको पछिल्लो फैसलाले देशमा न्याय मरेको आभाष भएको पनि उनको तर्क थियो ।

महिलामाथि हुने हिंसाका घट्नाहरू जति निन्दा गरेपनि कमै हुने उनको भनाई छ । आफूले विगतदेखि नै महिलामाथि हुने जघन्य अपराध र हिंसाका घट्नामा संलग्नहरूलाई कानुन संशोधन गरेर भएपनि कडाभन्दा कडा कारबाही गरिनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउँदै खतिवडाले भनिन्,‘अन्तर्राष्ट्रिय कानून संशोधन गरेर भएपनि बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराध गर्ने, जिउँदै जलाउनेलगायतका घट्नामा संलग्न दोषीहरुलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेपालमा पछिल्लो समय पैसामा न्याय बेचिने गरेको पनि उनको टिप्पणी छ । उनले भनिन्,‘नेपालमा अझैपनि ठूलालाई चैन र सानालाई ऐन भनेजस्तै छ, संविधान र कानूनमा लेखिएपनि व्यवहारमा अझैपनि लागु हुन सकेका छैनन् । यसतर्फ सरकारले गम्भीर ध्यानुपर्छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

अझैपनि नेपालमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिने गरिएको उनको दुःखेसो छ । खतिवडाले रञ्जन कोइराला जेलबाट रिहा हुँदै गर्दा उनलाई लिन कारागारमै गाडी लिएर महिला जानु अर्को विडम्बना भएको टिप्पणी गरिन् । महिलामाथि हुने हिंसा, अपराधका घट्नामा सबै एकजुट हुनुपर्ने उनको धारणा छ ।
उनले प्रतिशोध साँध्ने हतियारको रुपमा एसिड हान्ने प्रवृत्ति मौलाएको सुनाउँदै एसिडको बिक्रि–वितरणमा नै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘पछिल्लो सात वर्षमा १९ युवती र तीन पुरुषमाथि एसिड प्रहारका २१ घट्ना भएका छन् ।’ उनले २०७६ साल साउन २६ गते सम्मानित सर्वोच्च अदालतले एसिड नियमन गर्नेबारे गरेको आदेश सरकारले किन कार्यान्वयन गरेन ? भन्ने प्रश्नसमेत गरिन् ।

उनले भनिन्,‘यदि सरकारले सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण कार्यान्वयन गरेको भए आज युवतीहरुमाथि यसरी एसिड आक्रमण हुने थिएन् । यसमा सरकारको गम्भीर कमजोर भएको देखिन्छ ।’ खतिवडाले न्यायलयमाथि पछिल्लो समय जनविश्वास घट्दै गएको आफूलाई आभाष हुन थालेको पनि बताईन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदापनि महिलामाथि हिंसाका घट्ना नरोकिएको दुःख व्यक्त गरिन् । उनले आफूहरु सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नुपर्ने पनि बताईन् । एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरुलाई कानूनी कठघरामा उभ्याईनुपर्ने उनको माग छ ।

न्यायलयप्रति जनताको विश्वास घट्यो

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताईन् । र, न्यायलयका तुलोको एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरुलाई यसले लज्जाबोध भएको उनको भनाई छ ।
महिलामाथि भएका हिंसाका घट्नामा संलग्न दोषीहरुलाई किन कारबाही हुँदैन् ? भन्ने उनले प्रश्न गरिन् । उनले भनिन्,‘म नेपाल सरकारसमक्ष प्रश्न गर्न चाहन्छु–देशमा न्याय कहाँ गयो ? अपराधीलाई चोख्याउने काम न्यायलयबाट हुनुहुँदैन् । हामी यहीँबाट खबरदार गर्न चाहन्छौं ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा दुई तिहाई बहुमतको दम्भ देखिएको पनि उनको आरोप छ ।

‘दुई तिहाईकै दम्भमा तपाईले न्यायलयलाई पनि आफ्नो बशमा लिनुभयो । तपाईका कारण यो प्रणाली र व्यवस्थामाथि आक्रमण भएको छ । हामी यो व्यवस्था टिकाईराख्न तपाईविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ ।’–उनले भनिन् । पत्रकार सम्मेलनको संयोजन भने तरुण दलकी नेतृ ईन्दिरा निरौलाले गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया

(Visited 206 times, 1 visits today)

आजको समाचार

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

साताका लोकप्रिय समाचार

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

ट्रेन्डिङ

स्टाफ कलेजको कार्यकारी निर्देशकमा खनाल

काठमाडौ । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा पुर्व सचिव राजन खनाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई...

एकैदिन १२ सय २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १२२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३८ हजार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)