रौतहटमा वडाध्यक्षमा देखियो कोरोना, १२ सय ८१ जना संक्रमित निको

रौतहट । रौतहटको राजदेवि नगरपालिकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ । संघिय राजधानी काठमाडौँ जानको लागि पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

यता शनिबार करेन्ट लागेर कोरोना सक्रमित वडाध्यक्षका श्रीमतीको मृत्यु भएको थियो । उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौँ मानिसहरुलाई तत्काल कोरोना परिक्षण गराउनु पर्ने स्थानियले माग गरेका छन् । करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याउनु भएका वडा अध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान हुन पर्ने जरुरी रहेकोले उनीहरुको बिवरण खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वडा अध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टीनमा बस्न आग्रह गरेको राजदेवि नगरपालिकाका नगर प्रमुख धिरेन्द्र सिंहले बताए । अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडा अध्यक्ष नजिक भएका व्यक्तिहरुको परिक्षणको काम शुरु गराउने नगर प्रमुख सिहले जानकारी दिए । संक्रमित भेटिएका वडा अध्यक्ष मुटु तथा मधुमेहको रोगी समेत भएकोले थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिहको भनाइ छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको काम र स्वाब संकलनको काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ रहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको पछिल्लो तथ्याङक अनुसार हाल सम्म रौतहटमा १ हजार ३ सय २५ जनालाइ कोरोना संक्रमण देखिएको छ । जस मध्ये १ हजार २ सय ८१ जना निको भएर घर फिर्ता भइसकेका छन । १ जनाको उपचारको क्रममा मृत्यु भएको उक्त तथ्याङकमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 469 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते